बागलुङको गलकोटमा एक तरकारी पसलमा आगोलागी

बागलुङको गलकोटमा एक तरकारी पसलमा आगोलागी

  • श्रावण २०, २०७८ बुधवार
  • ११:५२:४५ बजे
  • 6.0K
    SHARES
  • बागलुङको गलकोटमा एक तरकारी पसलमा आगोलागी

    बागलुङ  : जिल्लाको गलकोट नगरपालिका—६ मा आगलागी भएको छ । गयराती एक तरकारी पसलमा आगो लागी भएको बताईएको छ ।

    गलकोट नगरपालिका—६ नौबिसेचोकमा रहेको राजु गैरेको घरको भुइँतलामा रहेको पसलमा गयराती करिब १२ बजेको समयमा आगो लाग्दा तरकारी पसल पूर्ण रुपमा क्षति भएको छ ।  पूर्णबहादुर तामाङले सञ्चालन गर्दै आएको तरकारी पसलमा आगो लागेपछि पसलका सामान पूर्ण रुपमा नष्ट भएको बताईएको छ ।

    १२ बजे लागेको आगो राती २ बजे मात्रै स्थानीय सक्रियतामा नियन्त्रणमा लिईएको थियो । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार आगोका कारण चार लाख बढिको क्षति भएको छ । बुधबार बिहान स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको छ ।

    समयमै थाहा पाएका कारण ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । भुइँ तलामा क्षति भए पनि घरको अरु भाग भने जोगाउन सफल भएका छन् । 

    यो पनि पढ्नुहोस्

    गृह मन्त्रालयको छानबिन टोली दार्चुला पुुग्यो

    धनगढी : भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ ।

    १५ साउनमा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटना छानबिन गर्न गठित टोली मंगलबार जिल्ला आइपुगेको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

    सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले मंगलबार घटनाको छानबिन कसरी गर्ने ? घटनास्थलसम्म कसरी जाने ? लगायतका विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।

    टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ । ‘घटनास्थलसम्म के–कसरी पुुग्न सकिन्छ भन्ने कुरा भएको छ,’ डीएसपी भट्टले भने, ‘बाटोघाटो नभएका कारण पैदल हिंडेरै भएपनि टोली त्यहाँ पुुग्छ । अनुुकूल मौसम भए हेलिकप्टरको प्रयोग गर्ने विकल्पमा पनि छलफल भएको छ ।’

    दार्चुला सदरमुकामबाट पैदल हिँडेर घटनास्थल व्यास गाउँपालिका–२ को मालघाटसम्म पुुग्न दुुई दिन लाग्छ । व्यास गाउँपालिका–२ का तुुइन तरेर छोटो बाटो प्रयोग गरेर धामी भारतीय भूमि हुँदै सदरमुकाम आउने क्रममा १५ साउनमा नदीमा खसेर बेपत्ता भएका थिए ।

    प्रत्यक्षदर्शीका भनाइमा भारतीय एसएसबीले तुुइन तर्ने क्रममा रुखमा बाँधेको फलामे डोरी फुुकालिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए । घटना भएको पाँच दिन बित्दा समेत उनको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

    धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि गरेको छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् ।

     

    सम्बन्धित समाचार