राजन सुवेदी : देशको सङ्घिय राजधानीमा उखु किसानहरुले गरेक दोस्रो चरणको आन्दोलनको आज पाचौं दिन। काठमाडौंको ३ डिग्री सेल्सियसको जाडोमा २ वर्ष पुरानो ज्याकेट र धोती लगाएर किसानहरु बिन्ती गर्दैछन हामिलाइ ४ बर्ष पहिले बेचेको उखुको पैसा देउ।
त्यसैबेला दुइतिहाइ बहुमत सहितको कम्युनिस्ट सरकारका उधोगमन्त्री बक्तब्य जारी गर्छन कोरोनाले गर्दा उधोगिलाइ गार्हो छ। दुइचार जना माइतीघर मा उफ्रेर हुन्छ। बेलुका बेलुका मलाइ ठुला ठुला नेताहरुले उधोगिलाइ नपक्रनु भन्दै फोन गर्छ्न। हाम्रा मन्त्रीहरूका कुरा सुन्दा त यिनिहरु समाजबादका सेनानी होइनन पूंजीवादका नाइके हुन जस्तो लाग्छ।
अचम्म लाग्छ हाम्रा मन्त्रीलाई उधोगिसङ आँखा जुदाएर कोरोनाले चिनिको खपतमा त केही असर गरेको छैन तपाइलाइ आम्दानी भएको भै छ किसानलाइ पैसा चाहिँ किन नदेको भन्न चाहिँ कसले रोकेको होला ? छिमेकि मुलुक भारतसङ हाम्रो कृषिमा धेरै कुरा समानता छन।
भारतले उधोग र अन्य पुर्बाधार बिकास मा छलाङ मारेपनी अझैसम्म हामी दुबै कृषिप्रधान देश नै हौ। दुबै देशका बहुसंख्यक जनता कृषिमा नै आधारित छन। वर्तमान परिपेक्षमा दुबै देशमा इतिहासकै शक्तिशाली सरकार छ। यति समानता हुँदाहुँदै अहिले दुबै देशमा अर्को समानता पनि छ।
त्यो हो कृषक आन्दोलन। भारतमा राजधानी केन्द्रित कृषिक आन्दोलन सुरु भएको आज २० औ दिन भयो भने नेपालमा ५ दिन। उस्तै जस्तो लाग्ने यी दुई आन्दोलनको स्वरुपमा भने आकाश जमिनको भिन्नता छ। सुरुमा चर्चा गरौँ भारतिय किसान आन्दोलनको ।
भारतको केन्द्रिय सरकारले कृषिमा आधारित तीन बिधेक संसदमा पेश गर्यो। त्यसैको केही बुंदामा असहमति जनाउदै पन्जाबबाट सुरु भएको कृषक आन्दोलनले अहिले राजधानी दिल्लिका सबै नाका ढाकेको छ। किसानहरुको मुख्य बिरोध सरकार द्वारा संचालित स्थानिय मण्डिहरु हट्ने,न्युनतम समर्थन मूल्य नतोकिनु र पराल जलाएर नष्ट गर्न नपाइने प्राबधानमा छ।
केन्द्रिय सरकारले सरसल्लाहमा संसोधन मार्फत किसानको माग सम्बोधन हुने भने पनि किसान विधेक नै फिर्ता हुनुपर्ने मागमा अडिग छन। राजनैतिक भनौ या कर उठाउन नपाइने कारणले राज्य सरकारहरु केन्द्रको विपक्षमा उभिदा समस्या झन जटिल मोडमा छ। त्यही नेपालमा आन्दोलन गर्नुपर्ने कारण सुन्दा नै अचम्म मान्नुपर्छ।
आफुले चार बर्ष पहिला बेचेको सामनको पैसा देउ भन्दै आन्दोलन गर्नुपर्ने बाध्यता सायद नेपालमा मात्र होला किनभने सामान किनेपछी त्यसको मुल्य तिर्नुपर्न कुरा ब्यापारको सबैभन्दा आधारभुत मान्यता हो। यस्तो अबस्थाले देशमा कानुन कार्वन्वयनको अबस्था कति निरीह छ र पूंजीपति ले कसरी फाइदा उठाउछन भन्ने देखाउछ।
नेपालका किसानहरु त्यति सम्पन्न छैनन कि आफ्नै लगानी ले खेती गरून्। सामान्य हिसाबकिताबमा पनि ४ बर्षमा सावाँ र ब्याज बराबर हुन्छ जुन उनिहरुलाइ कुनै बैंक वा ब्यक्तिले मिनाहा गर्नेवाला छैन। साच्चै कानुनको कुरा गर्नेहो भने त्यो ब्याज पनि उधोगी ले नै तिर्नुपर्छ।
भारतिय किसान आन्दोलन र नेपाली किसान आन्दोलनमा अरु २ ओटा ठुला भिन्नता देखिन्छन। त्यो हो साङ्गठनिक क्षमता र किसानको जिबनस्तर। भारतको पहिलो किसान आन्दोलनले नै किसानको हकहित र अधिकार रक्षाका लागि सङ्गठनको जग बसालेको थियो। हरेक राज्यमा रहेका ती सङ्गठनले नै आन्दोलनको नेतृत्व गरिरहेका छन।
आन्दोलनमा राजनिती घुस्न र हिंसा भड्किन नदिइ २० औ दिनसम्म पनि उस्तै जोश देखाएका छन। ती किसान सङ्गठनमा कुनै राजनितिक ब्यक्तिको नेतृत्व छैन। आजमात्र होइन किसानका हरेक समस्यामा उनिहरु जोरदार आवाज उठाउछन। तर नेपालमा हेर्न हो भने किसानहरुको हितको लागि त्यस्तो सङ्गठन नै छैन भएका पनि राजनैतिक खिचातानिले ध्वस्त छन।
अहिने उखु किसानलाइ मर्का छ, १०र१५ जना काठमाडौं आउछन बिरोध गर्छन जान्छन, भोलि पशुपालनमा समस्या होला काठमाडौंका सडकभरी दूध पोखिन्छ त्यसपछी त्यो पनि हराउछ, अर्को दिन तरकारी किसानलाइ समस्या होला लहलाउदो तरकारीमा ट्याक्टर चल्छ तर कहिल्यै किसानको मागको सम्बोधन भएको छ तरु यसरी टुक्रा टाक्रे समुहले बिरोध गर्दा एक सरकारले नजरअन्दाज गर्छ भने अर्कोतिर बिचौलिया ले खेल्ने मौका पाउँछन्।
नेपालमा ब्यबस्थित कृषि सुरु भएकै छैन, ज्यादातर किसान निरक्षर छन र पढेलेखेका कृषिमा आउनै चाहादैनन। अल्लि जान्नेबुज्ने ले आफुले मात्र अनुदान खाने लोभमा बेथिती बिरुद्द आवाज उठाउदैनन। त्यसैले नेपालमा साच्चै कृषि क्रान्ती गर्न किसानको हक हितमा लाग्ने बलियो र सुदृढ किसान सङ्गठनको आबस्यकता छ।
अर्कोतर्फ हेरौं किसानहरुको जिनबस्तरमा, भारतको दिल्ली आसपासका बोर्डहरुमा लाखौंको संख्यामा किसान महिनौ दिनदेखी धर्नामा छन। त्यत्रो भिडमा पनि त्यहा नाम चलेको होटलमा भन्दा मीठो र धेरै प्रकारका खाना बन्छन जहाँ किसानले मात्र होइन वरपर का गाउले ले पनि फाइदा लिइरहेका छन। ती आन्दोलन केन्द्रहरुमा स्वास्थ्य परिक्षण,ब्यायमशाला,मनोरञ्जन सम्पुर्ण ब्यबस्था छ।
सबै किसानहरुलाइ रात बिताउन एसि जडित आआफ्ना ट्याक्टर, ट्रक छन। यसले देखाउछ कि भारतिय किसानहरु कति सम्पन्न छन। उनिहरुले कृषि बाटै जनजिबिका मज्जैले चलाउन सक्छन। अब नेपाल तर्फ हेरौ आन्दोलनका लागि १५र२० जना किसान काठमाडौं ओर्लिएका छन।
जसमध्यका एक गगनदेब रायले ३६ प्रतिशत ब्याजदरमा १० हजार रिन गरेका छन काठमाडौं आउनका लागि। त्यहा उपस्थित सबैको हालत त्यस्तै वा त्योभन्दा खराब होला। त्यही दस हजार पनि कता खर्च हुन्छ भन्दै पशुपतिको धर्मशालामा ५/५ जना एउटै कोठामा कोचिएर बस्छन, दिउँसो माइतीघर मा कसैले दया लागेर केही खान दिए हात मुख जोर्छन बेलुका भोकै सुत्छन।
यि त अझ नगते बाली लगाउने किसान भए जसलाइ सरकारले राम्रो आम्दानी हुने कृषि पेशामा राखेको छ अब कल्पना गरौ अरुको हालत के होलारु यदि अब पनि हामी चुप रहिरहेउ भने सधैं यहि दुर्गती भोग्नुपर्नेछ। यो देशमा बस्ने ७० प्रतिशत जनता किसानकै छोराछोरी हौ।
औंलामा गन्न सकिने कथित पूंजीपति हरुले हामिलाइ आफ्नो इशारामा नचाइरहेका छन। आउनुहोस सबै मिलेर बेथितिबिरुद्द क्रान्ती गरौँ। युरोपको औद्योगिक क्रान्तीले जसरी समग्र महादेशको स्वरुप बदल्यो त्यसै क्रान्ती हामिले कृषिमा गर्नुछ। कृषि गुजारा गर्ने बाटो मात्र होइन उच्च आम्दानीको श्रोत मा रुपान्तरण गरौँ।
आउनुहोस सामाजिक रुपमा उपेक्षित यी मधेशी किसानकै नेतृत्वमा सम्पुर्ण जनता मिलेर नयाँ क्रान्ती गरौं। जबसम्म किसान रोइरहनेछन यो देश कहिल्यै उभो लाग्ने छैन त्यसैले सुरुवात आजैबाट गरौं र आफैबाट गरौं। जय देश जय किसान !