कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

  • श्रावण २५, २०७८ सोमवार
  • ११:२४:३७ बजे
  • 2.6K
    SHARES
  • कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।

    नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्द्रित रहेर छलफल गरी आवश्यक रणनीति बनाइने बताए । उनले यो छलफल अनौपचारिक भएको पनि बताए ।


    यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

    सम्बन्धित समाचार