लुम्बिनीका मुख्यमन्त्री र ६ मन्त्रीले लिए सपथ 

लुम्बिनीका मुख्यमन्त्री र ६ मन्त्रीले लिए सपथ 

  • श्रावण २८, २०७८ बिहिवार
  • १८:४०:२८ बजे
  • 4.0K
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री र ६ मन्त्रीले लिए सपथ 

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् ।

    बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

     

    बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

    चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

    लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएकी थिइन् ।

    स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।

    यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • # सपथ
  • # मुख्यमन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार