माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

  • भाद्र १, २०७८ मंगलवार
  • १७:०४:४९ बजे
  • 2.3K
    SHARES
  • माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र
    माधव नेपाल

    काठमाडौं : नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।

    कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ  मेटमणि चौधरी छन् ।  

    संसद सचिवालयमा एमालेले बुझाएको पत्रको व्यहोरा यस्तो छ :

    श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौ ।

    विषय–दल त्याग गरेको सूचना सम्बन्धमा

    यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ ९१० को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को  निर्णयअनुसार ऐनको दफा ३२९२० बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत  यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ ।  

    यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।

    तपसिल 

    माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # पदमुक्त

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार