सुटिङको गाडी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर

सुटिङको गाडी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर

  • भाद्र १, २०७८ मंगलवार
  • १८:११:३१ बजे
  • 5.1K
    SHARES
  • सुटिङको गाडी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर

    काठमाडौं : म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ ।

     

    धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ नम्बरको उक्त ह्याचरलाई ठक्कर दिएको हो ।

    चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार दुर्घटनामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै मृत्यु भएको छ । मृतक युवती म्युजिक भिडिओ निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् ।


    अन्य घाइतेहरुमा फिल्म प्राविधिकहरु दीर्घ गुरुङ, रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन् ।

    घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । प्राविधिक संघ नेफ्टाले उपचारमा आर्थिक सहयोग गरेको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार