धौलागिरि अस्पतालमा डायलासिस सेवा थपिए

धौलागिरि अस्पतालमा डायलासिस सेवा थपिए

  • भाद्र १, २०७८ मंगलवार
  • १८:५६:४२ बजे
  • 4.5K
    SHARES
  • धौलागिरि अस्पतालमा डायलासिस सेवा थपिए

    बागलुङ : धौलागिरि अस्पताल बागलुङमा सञ्चालन हुँदै आएको डायलासिस सेवालाई थप विस्तार गरिएको छ ।

     गण्डकी प्रदेस सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा हालै मात्र दुई थान डायलासिस  (डाइलोजर) मेसिन थप भएका हुन । हाल सम्म चार शैयामा सञ्चालमा आएको डाइलासिस सेवा दुई थान थप भए सँगै ६ शैयामा विस्तार गरिएको अस्पतालले जनाएको छ ।

    २०७५ वैशाखबाट अस्पतालमा शुरु भएको अस्पतालको डाइलासिस कक्षमा भएका मेसिनले नियमित आउने विरामीलाई सेवा दिन कठिनाई भएको अवस्थतामा थप दुई वटा मेसिनले केही हदमा सहज हुने अस्प्ताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।  

    अस्पतालमा डाइलासिस गर्ने मृगौला पीडित बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको उनले बताए । डाइलासिस सञ्चालनका लागि जनशक्ति तथा आरो पानीको भने अभाव भइरहेका छ ।

     अस्पतालको समस्याको बारेमा मन्त्री ज्यू सँग बताएका थियौं शर्माले भने, तत्कालका लागि २ वटा डाइलासिसि मेसिन आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री मधुमाया अधिकारीले डाइलासिस कक्षका लागि आरो पानीको क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिनुभएको छ ।’

    सेवा विस्तार नहुँदा  १८ जना सम्म डायलासिस गर्नु पर्ने बिरामीले पालो कुरिरहेको गुनासो पछि डाइलोजर मेसिन थप भएको डायलासिस कक्षमा कार्यरत अनमी दिपिका गौतमले जानकारी बताईन । मेसिन थपियो बिरामीलाई रहात मिलेको छ उनले भनेनि डायलासिस कक्षका लागि छुट्टै डाक्टर नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टरहरु सहयोग गर्दै आउनु भएको छ ।

     मृगौलाका विरामी हप्तामा दुई पटक र कसैको तीन पटक सम्म अवस्था हेरेर डाइलासिस गर्ने गरेको उनले बताईन । 


    चार शैयाको डाइलासिस कक्ष हुँदा दैनिक ८ जनाले डायलासिस गर्दै आएकोमा अब न्यूनतम १५ जनाले दैनिक डाइलासिस गर्न सकिने अस्पतालले जनाएको छ । धौलागिरी अस्पतालमा डायलासिस सेवा हुँदा डायलासिसका लागि पोखरा, काठमाण्डौ जानुपर्ने बाध्यता हटेको थियो । 

    दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण नगरुन्जेल बिरामीलाई नियमित डाइलासिस गर्न अवाश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मृगौला प्रत्यारोपण गर्ने भए पनि मृगौला प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डाइलासिस गर्नुपर्ने हुन्छ । 

     

  • सम्बन्धित विषय:

  • # धौलागिरि अस्पताल
  • # डायलासिस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार