जापान ओसाकामा एक नेपाली युवाको निधन 

जापान ओसाकामा एक नेपाली युवाको निधन 

  • भाद्र २, २०७८ बुधवार
  • १९:१३:१३ बजे
  • 3.0K
    SHARES
  • जापान ओसाकामा एक नेपाली युवाको निधन 

    मेघराज रिष्मेली 

    ओसाका जापान 

    जापानमा एकजना नेपालीको मृत्यु भएको छ । जापानको ओसाकामा कुक भिषामा कार्यरत गुल्मी जिल्ला मुसिकोट नगरपालिका— ९ डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो ।

    करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जापान नेपाली एकता समाजका केन्द्रित उपाध्यक्ष भिम केसीले बाग्लुङ्ग पोष्टलाई जानकारी दिए ।

    ११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै के सीले जानकारी दिए ।

    मृतक खत्री श्रीमति सहित जापान बस्दै आएका थिए । श्रीमती जापान आएको पनि अझै एकवर्ष नपुगेको के सीले जानकारी दिए ।
    घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन ।

    लामो समयदेखि मुटु रोगी स्वर्गीय खत्रीको अगस्ट १९ तारिक बिहिबार जापान मै अन्तिम संस्कार गरिने भएको छ  ।

  • सम्बन्धित विषय:

  • # जापान
  • # नेपाली युवा
  • # निधन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार