निलुवा समाज चमुवा जापानको छैठौं साधारणसभा सम्पन्न

निलुवा समाज चमुवा जापानको छैठौं साधारणसभा सम्पन्न

  • पौष १७, २०७७ शुक्रवार
  • २०:५८:२१ बजे
  • 5.3K
    SHARES
  • निलुवा समाज चमुवा जापानको छैठौं साधारणसभा सम्पन्न

    ईश्वर सुवेदी

    बागलुङ : निलुवा समाज चमुवा जापानको छैठौं साधारणसभा सम्पन्न भएको छ ।

    गलकोट नगरपालिका—४ बाट अध्ययन तथा वैदेशिक रोजगारीको शिलशिलामा जापानमा पुगेका प्रवासी युवाहरुको संक्रियतामा गठन भएको संस्था निलुवा समाज चमुवा जापानको भर्चुअल माध्यमबाट साधारण सभा गरिएको हो ।

    कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थीत हुन नसक्ने अवस्था भएपछि भर्चुअल माध्यम अपनाईएको हो ।

    कार्यक्रममा बोल्दै समाजका संरक्षक एवं संस्थापक अध्यक्ष भोजेन्द्र सुवेदीले देशबाट पर प्रवासमा रोजगारीका लागि पुगेका सम्पूर्णलाई समाजमा आवद्ध गराई आफ्नो जन्म ठाउँमा दुःख सुखमा साझेदारी गर्नका लागि समाजको स्थापना गरिएको बताए ।

    उनले आफ्नो जन्मथलोको विकासका लागि सबैले हातमालो गर्नुपर्ने समेत बताए । ‘समग्र गलकोटबासीलाई एकतावद्ध बनाएर आफ्नो गाउँ ठाउँको विकासमा प्रवासीहरुको हातेमालो गराउनका लागि यो समाज स्थापना भएको हो,’ उनले भने,‘हामी विदेशी भूमिमा आउनु बाध्यता हो । आफ्नो गाउँ ठाउँको माया सधैं रहिरहन्छ ।’

    संस्थाले स्थापना कालदेखि नै गलकोट क्षेत्रका विभीन्न विकास निर्माण, आर्थिक अवस्था कमजोर भएका र दीर्घ रोगी, बाढी पहिरो तथा प्राकृतिक प्रकोप पीडितलार्य सहयोग पु-याउँदै आएको छ ।

    संस्थाले पर्यटकीय क्षेत्र निलुवाको विकासमा पनि काम गर्दै आएको छ ।

    कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार दिलीप सुवेदीले संस्थाको संस्थागत विकाससंगै आफ्नो जन्मथलोको विकासमा लाग्नुपर्ने बताए । कार्यक्रममा संस्थाका सचिव जिआर  सुवेदीले प्रगति तथा कोषाध्यक्ष कृष्ण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    निलुवा समाज चमुवा जापानका अध्यक्ष थमबहादुर क्षेत्रीको अध्यक्षता, ईन्द्रप्रसाद सुवेदीको स्वागत र सहसचिव

    भूमिराज सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

  • सम्बन्धित विषय:

  • # निलुवा
  • # जापान
  • # साधारणसभा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार