साझेदारी सहकारीको साधारणसभा सुरु 

साझेदारी सहकारीको साधारणसभा सुरु 

  • पौष १६, २०७७ बिहिवार
  • १७:५०:१८ बजे
  • 5.2K
    SHARES
  • साझेदारी सहकारीको साधारणसभा सुरु 

    बागलुङ : साझेदारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १३ औँ वार्षिक साधारण सभा बुधवारदेखि सुरु भएको छ । 

    विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ को जोखिमलाई मध्यनजर गर्दै साझेदारीले क्षेत्रगत रुपमा साधारणसभाको सुरुवात गरेको हो । 

    संस्थाले बागलुङ नगरपालिकाको वडा नम्वर १२, १३ र १४ लाई लक्षित गरी आयोजना 

    गरेको बलेवा क्षेत्रगत भेलाको उद्घाटन गर्दै संस्थाका सेयर सदस्य एवं बागलुङ नगरपालिका—१३ पैयुँपाटाका अध्यक्ष नारायण शर्मा पौडेलले सहकारीले देशको समृद्धिमा महत्वपूर्ण टेवा पु-याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताए । 

    उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धितर्फ जुटनुपर्ने बताए ।

    पौडेलले सहकारीहरु नाफा भन्दा बढि सेवा केन्द्रित हुनुपर्ने बताए । ‘सहकारीहरु नाफा भन्दा पनि शेयर सदस्यहरुको सेवामा केन्द्रीत हुनु जरुरी छ,’ पौडेलले भने,‘साझेदारीको सुरुवात राम्रो छ, यसलाई विस्तार गर्नु जरुरी छ ।’

    सेयर सदस्यले संगै समुदायल ेनै प्रत्यक्ष लाभ  लिन सक्नेगरी काम गर्न उनले आग्रह गरे ।सहकारीले समाजको रुपान्तरणका लागी काम गर्नुपर्ने भन्दै शेयर सदस्यलाई आर्थिक रुपमा सक्षम बनाई समृद्ध समाज निर्माणमा भुमिका खेल्नुपर्ने उनको भनाई छ । 

    दश दिन सम्म चल्ने साधारण सभाको पहिलो दिन आयोजित बलेवा क्षेत्रगत भेलाको अवसरमा  बलेवा क्षेत्रका ६३ जनाले संस्थाको सदस्यता लिएको संस्थाका सचिव डिल्लीप्रसाद गौतमले बताए ।

    ‘हामिले शहरी क्षेत्र संगै ग्रामिण क्षेत्रलाई संगै समेटेर लैजानुपर्छ भन्ने योजनासहित संस्थाका गतिविधि अगाडी वढाएका छौ’ गौतमले भने, ‘जसलाई विश्वास गरेर हाम्रो संस्था प्रति शेयर सदस्यहरुले हामिप्रति आकर्षण देखाउनुभएको छ ।’   

    छिट्टैनै बलेवा क्षेत्रमा साझेदारी बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना गर्नेगरी संस्था अगाडी बढेको गौतमले बताए । संस्थाले विभिन्न चरणमा क्षेत्रगत रुपमा सधारण सभा सम्पन्न गर्ने उनले बताए ।  

    बुधवार बलेवा क्षेत्रगत भेला सम्पन्न गरेको सहकारीले विहिवारदेखि २२ गतेसम्म संस्थाको कार्यलयमा प्रतिनिधी मुलक र अन्तिम सभा पौष २५ गते सम्पन्न गर्न सचिव गौतमले बताए ।

    २०६४ सालमा स्थापना भएको संस्थामा ९२२ शेयर सदस्य तथा शेयर पुँजी ३  करोड १४ लाख रहेको संस्थाले जनाएको छ ।

    संस्थाले चालु अर्थिक  वर्षमा दुई हजार पाँच सय शेयर वृद्धि गर्ने लक्ष लिएको संस्थाले गत आव मा ५९ करोड, ७१ लाख रुपैयाँ बरावरको कारोबार गरेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ६९ करोडको ५० लाखको  आर्थिक कारोबार गर्ने संस्थाले लक्ष लिएको छ ।  

    यस्तै संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगायतका कार्य गर्दै आएको छ ।

    कार्यक्रममा संस्थाका शेयर सदस्य एवं बा.न.पा. १४ का वडा सदस्य नारायण श्रेष्ठ, कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाका सल्लाहकार ईश्वर ठाकुर पौडेल, निलगिरी बचत तथा ऋण सहकरी संस्थाका लेखा समिति संयोजक गोविन्द बहादुर पौडेल गोपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष हरि प्रसाद  गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका

    उपाध्यक्ष तेज प्रसाद शर्माले स्वागत र संस्थाका सचिव डिल्ली प्रसाद गौतमले संचालन गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # साधारणसभा
  • # साझेदारी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार