सयपत्री सहकारीको वार्षिक साधारणसभा सुरु

सयपत्री सहकारीको वार्षिक साधारणसभा सुरु

  • पौष १७, २०७७ शुक्रवार
  • १९:४०:३७ बजे
  • 5.4K
    SHARES
  • सयपत्री सहकारीको वार्षिक साधारणसभा सुरु

    ईश्वर सुवेदी

    गलकोट : सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शुक्रबारदेखि सुरु भएको छ । 

    कोरोना भाईरस कोभिड—१९ को कारण सिर्जना भएको पछिल्लो अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरेर ७ दिन भित्र सम्पन्न गर्ने गरी शुक्रबार साधारण सभाको उद्घाटन गरिएको हो । 

    कार्यक्रममा सहकारीका अध्यक्ष चिन्तामणी शर्माले सयपत्री सहकारीका शेयर सदस्य आत्मनिर्भर बन्नुपर्ने बताए ।

    उनले सहकारीले उद्यम विकासमा आवश्यक सहयोग गर्ने बताउँदैं आफ्ना व्यवसायिक योजना सहकारीमा जानकारी गराउन शेयर सदस्यलाई आग्रह गरे । शर्माले सुख र दुःखमा सयपत्री भन्ने योजना अनुसार कार्यक्रम सहकारीले संचालन गर्ने भएकोले शेयर सदस्यको आर्थिक समृद्धिको लागि आवश्यक सहयोग गर्ने उल्लेख गरे ।

    उनले सहकारीले सबै प्रकारका प्राविधिक सेवा दिने र सदस्यलाई उद्ययमसंग जोडेर आत्मनिर्भर बनाउने महत्वपूर्ण लक्ष्य लिएको बताए ।

    सहकारीको प्राङ्गण डाँडाखेतमा गलकोट नगरपालिका—१ को दुदिलाभाटीका शेयर सदस्य लक्षित साधारण सभा तथा उद्घाटन कार्यक्रममा सहकारीका सचिव हेमराज गैरेले नीति तथा कार्यक्रम प्रस्तुत र प्रगति प्रतिवेदन प्रस्तुत गरे । संस्थाका कोषाध्यक्षको आर्थिक प्रतिवेदन सहकारीका प्रवन्धक रविलाल सुवेदीले प्रस्तुत गरेका थिए । 

    एक हजार ३ सय ८६ जना शेयर सदस्य रहेको सहकारीमा गत आर्थिक वर्ष २०७६/०७७ मा दुई करोड ८६ लाख १२ हजार ७ सय शेयर पूँजी रहेको उल्लेख गरिएको छ ।

    सहकारीले गत आर्थिक वर्षमा १ करोड ९० लाख ९५ हजार ६ सय २९ रुपैयाँ आम्दानी गर्दा एक करोड २६ लाख ३९ हजार ८ सय १७ रुपैयाँ कुल खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभाको अवसरमा लेखा सुपरिवेक्षण समितिका संयोजक डम्मर बहादुर खत्रीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    साधारण सभामा सहकारीका शेयर सदस्य होमबहादुर नेपालीले धन्यवाद मन्तव्य राखेका थिए । सहकारीका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षता, सचिव हेमराज गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     
    साधारण सभा शनिबार गलकोट नगरपालिका—२ नरेठाँटीका शेयर सदस्यहरुको सहभागितामा डाँडाखेतमै हुनेछ । 

  • सम्बन्धित विषय:

  • # सयपत्री
  • # साधारणसभा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार