बागलुङ : बागलुङ बजारमा संचालित दुई बहुउदेश्यीय सहकारी संस्था विच एकिकरण हुने भएको छ ।
बागलुङ नगरपालिका २ मा रहेको साझेदारी बहुउदेश्यीय सहकारी संस्था र कल्लाणकारी बहुउदेश्यीय सहकारी संस्था विच विहिवार एकिकरण सहमति पत्रमा हस्तारक्षर भएको हो ।
बागलुङ नगरपालिकामा रहेका दुई सहकारी बीच एकिकरण गर्ने सम्झौता भएको छ ।
दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ दुई सहकारी विच एकिकरणको घोषणा भएको साझेदारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद गौतमले बताए ।
दुई संस्थाको एकिरण पश्चात उदेश्य मिल्लने अन्य सहकारीहरुसंग पनि एकिकरण प्रकृया अगाडी बढाउने अध्यक्ष गौतमको भनाई छ ।
एकिकरण पश्चात साझेदारी बहुउदेश्यीय सहकारी संस्थाको नामबाट संस्था संचालन गर्ने साझेदारी–कल्लाणकारी एकिकरण कार्यदलका संयोजक दुर्गादत्त आचार्यले बताए । एकिकरणसँगै संस्थाको आर्थिक सामाजिक गतिविधी, सहकारीको कारोबार र शेयर सदस्यको संख्यामा पनि उल्लेख्य वृद्धि हुने विश्वास गरिएको छ ।
साझेदारी बहुउदेश्यीय सहकारीमा ९ सय ५४ शेयर सदस्य सहित ३ करोड १४ लाख शेयर पूंजी तथा कल्यााणकारी बहुउदेश्यीय सहकारी संस्थामा ५ सय ३८ जना शेयर सदस्य सहित १ करोड ११ लाख शेयर पुजी रहेको छ । दुई सहकारी एकिरण पश्चात शेयर पूजी ४ करोड २५ लाख हुने छ ।
साझेदारी कल्याणकारीको एकिकरण पश्चात पुन अन्य सहकारी संगपनि एकिकरणको प्रकृया अगाडी बढाईने कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्र्यले बताउनुभयो । ‘साझेदारीलाई जिल्लाको नमुना र विश्वसनिय सहकारीको रुपमा स्थापित गर्न लागी परेका छौ’ अध्यक्ष आचार्यले भने ।
सझेदारी बहुउदेश्यीय सहकारी संस्थाले बहु उदेश्यीय परियोजना अन्तर्गत विक्रि केन्द्र संचालनमा ल्याएको छ । एकिकरण पश्चात बृहत बहुउदेश्यी परियोजना संचालनका लागी अध्ययन भैरहेको साझेदारी बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष एव कार्यदल सदस्य तेज प्रसाद शर्माले बताए ।
यसैविच साझेदारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १३ औँ वार्षिक साधारण सभा बुधवारदेखि सुरु भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै साझेदारीले क्षेत्रगत रुपमा साधारण सभा आयोजना गरेको हो ।
बुधवार बलेवा क्षेत्रमा क्षेत्रगत भेला आयोजना गरेको सहकारीले बिहीवारवाट बागलुङ नगरपालीकाका १ देखी ११ सम्मका लागी दोस्रो चरणको भेला आयोजना गरेको संस्थाले जनाएको छ । संस्थाले बुधवार मात्रै बलेवा क्षेत्रका ६३ जनालाई सस्थाको नया सदस्यता प्रदान गरेको थियो ।
साझेदारीको साधारण सभा आगामी पुस २२ गते सम्म संस्थाको कार्यालयमा प्रतिनिधिमुलक र अन्तिम सभा पौष २५ गते हुने संस्थाका प्रवन्धक त्रिलोचन रिजालले जानकारी बताए ।
संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।
२०६४ सालमा स्थापना भएको संस्थामा ९५४ शेयर सदस्य तथा शेयर पुजी ३ करोड १४ लाख रहेको संस्थाले जनाएको छ । संस्थाले चालु अर्थिक बर्षमा दुई हजार पाँच सय शेयर बृद्धि गर्ने लक्ष लिएको संस्थाले गत आव मा ५९ करोड, ७१ लाख रुपैया बरावरको कारोबार गरेको छ ।
चालु आर्थिक बर्षमा २ अर्व ६९ करोडको ५० लाखको आर्थिक कारोवार गर्ने संस्थाले लक्ष लिएको छ ।