कोरोनाबाट एक परिवारका तीन सदस्यको निधन

कोरोनाबाट एक परिवारका तीन सदस्यको निधन

  • श्रावण १७, २०७८ आइतवार
  • १३:१३:३८ बजे
  • 2.6K
    SHARES
  • कोरोनाबाट एक परिवारका तीन सदस्यको निधन
    फाइल तस्बिर

    काठमाडौं : दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

    गाईघाट–फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।


    प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

    स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन कोरोना संक्रमणबाट भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।

    वडाअध्यक्ष खत्रीले मंगलबार वा बुधबार गाउँमा पीसीआर परीक्षण गराउने तयारी भइरहेको जानकारी पनि दिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • # एक परिवार
  • # निधन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार