जापान पठाउँछु भन्दै ठगी गर्ने चार जना पक्राउ 

जापान पठाउँछु भन्दै ठगी गर्ने चार जना पक्राउ 

  • श्रावण ५, २०७८ मंगलवार
  • ११:२८:५९ बजे
  • 2.8K
    SHARES
  • जापान पठाउँछु भन्दै ठगी गर्ने चार जना पक्राउ 
    फाइल तस्बिर

    काठमाडौं : जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई काठमाडौंको कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसबारीकी २१ वर्षीया दीपिका केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।


    उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’को नामबाट आईडी खोली जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानी नागरिक भएको भन्दै पीडितहरुलाई रकम पठाउन लगाएको प्रहरीको भनाइ छ । जापान जान वर्किङ भिषा प्रक्रियाका लागि रकम पठाउनुपर्ने भन्दै विभिन्न बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # जापान
  • # ठगी
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार