साहित्य

अचेल आँसु छल्किदैन

अचेल आँसु छल्किदैन

  • पौष ११, २०७७ शनिवार
  • १८:४६:४१ बजे
  • 18.5K
    SHARES
  • अचेल आँसु छल्किदैन

    गंगा थापा भिक्षु

    आँखा अचेल
    यति सुख्खा भएछन् कि
    कसिङ्गर नै बिजे पनि 
    आँसु छल्किदैन 

    सायद
    आँखा रसाउन
    अब कुनै रसायन बाकी छैन
    धेरै पटक यहि आँखाबाट
    पीडा रसायो
    दुख रसायो
    प्रेम रसायो
    रहर रसायो

    अनि सम्बन्ध पनि रसायो
    र कयौं पटक वचन रसायो
    वाचा अनि आश्वासन पनि त रसायो
    हिमाल जस्तो तक्दिर फुटेर
    यहि आँखाबाट
    हिमनदी जस्तै नशिव रसायो
     
    कहिले मुटु फुट्ने खुसिले 
    रसायो
    त कहिले जिन्दगी दुख्ने मर्मले रसायो 
    हो साध्य नै भएन
    आँखा कत्ति रसायो

    लाग्छ, अब त कुनै रसायन नै छैन क्यार
    यो आँखाको कुनाकानी 
    त्यसैले यसलाई अचेल
    घोच्दा पनि, थिच्दा पनि
    फेरि ... फेरि कहिल्यै रसाएन 

    सायद, आँखाले कुनै सपना
     देख्नै छाडि सक्यो
    रहर गर्नै छाडि सक्यो 
    मिठा-मिठा अनुभुती
    संगाल्नै छाडि सक्यो
    किनकी
    आँखा बेस्सरी उजाडियो
    सुख्खा सुख्खा भइसक्यो 

    र, त अचेल आँसु छल्किदैन
    रहरहरु दिवंगत हुदा पनि
    जिन्दगीहरु मलामी जादा पनि
    अह आँसु छल्किदैन

  • सम्बन्धित विषय:

  • # अचेल आँसु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार