माधव नेपाल सहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा

माधव नेपाल सहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा

  • भाद्र ७, २०७८ सोमवार
  • १८:१०:४४ बजे
  • 3.5K
    SHARES
  • माधव नेपाल सहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा
    माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

    नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ । माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

    सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र बुधबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने उनले बताए । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते बुधबार बोलाएको छ ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार