१४ औँ महाधिवेशनकाे तयारीमा जुट्यो नेपाली काँग्रेस बडिगाड

१४ औँ महाधिवेशनकाे तयारीमा जुट्यो नेपाली काँग्रेस बडिगाड

  • भाद्र ९, २०७८ बुधवार
  • १५:२४:४२ बजे
  • 3.2K
    SHARES
  • १४ औँ महाधिवेशनकाे तयारीमा जुट्यो नेपाली काँग्रेस बडिगाड

    बुर्तिबाङ : नेपाली काँग्रेस बडिगाडले १४ औँ महाधिवेशनको  लागि तयारी बैठक सम्पन्न गरेको छ ।  नेपाली काँग्रेस बडिगाड गाउँपालिका वडा नम्बर ७ का सभापती कृष्ण गुरुङको अध्यक्षतामा बसेको बैठकले वडा तहको महाधिवेशनलाई सफल पार्नका लागि आवश्यक तयारी अगाडी बढाउने निर्णय गरेको छ । 

    सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि प्रयास गर्ने निर्णय गर्दे वडा समिति कोषाध्यक्ष पदम बहादुर थापाको संयोजगत्वमा ३ सदस्य आर्थिक संकलन समितिको गठन गरेको सभापति गुरुङले जानकारी दिए । त्यस्तै वडामा आगामी महाधिवेशनबाट सभापती बन्नका लागि दिपेन्द्र के.सी, हरिप्रसाद चालिसे, हरिचन्द्र के.सी, दिपेन्द्र कुवँर, पदम बहादुर थापा र काँसिराम खत्रीले आकांक्षा व्यक्त गरेका छन् ।

    आगामी १८ गतेसम्म वडाको नेतृत्व टुङ्ग्याउने गरी कृष्ण गुरुङलाई जिम्मेवारी दिँइएको बताइएको छ । कार्यक्रममा जिल्ला सदस्य गण्डकी थापा अधिकारी, कार्यसमिती सचिव दिपेन्द्र कुवँर लगायतको सहभागिता रहेको थयो ।

    जिल्ला सदस्य अधिकारीले संगठनलाई मजबुद बनाउन सक्रिय पूर्वक लाग्न आग्रह गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा समेत जुट्न आग्रह गरिन् । अध्यक्ष गुरुङले वडा तहको कार्यसमितिमा आगामी महाधिवेशनमा नरहने प्रस्ट पारे ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार