विचार

के मुलुक परिवर्तनमा युवाको भूमिका छैन ?

के मुलुक परिवर्तनमा युवाको भूमिका छैन ?

  • भाद्र १०, २०७८ बिहिवार
  • २०:०७:२४ बजे
  • 6.5K
    SHARES
  • के मुलुक परिवर्तनमा युवाको भूमिका छैन ?

    रमेश अर्याल : भनिन्छ राष्ट्र निर्माणका निम्ति युवा पुस्ताको भुमिका महत्त्वपूर्ण छ । के हामी हाम्रो भूमिका निभाइ रहेका छौं त ? आजकल जताततै सुन्न पाइन्छ युवा पुस्तालाई अगाडी बढाउ । के हामीले अगाडी बढाउन खोजिरहेका युवाहरु जिम्मेवारी बहन योग्य छन् ? देशको राजनीतिक अवस्थालाई हेर्ने हो भने दिन पर्ती दिन भ्रष्ट अनि पद लिप्त हुँदै गएको प्रष्ट देख्न सकिन्छ । हाम्रो देशमा कयौं नेताहरू शिक्षित भएनन् भन्दै आलोचना त गरि रहेका छौं तर अहिले राजनीतिमा लागि रहेका युवाहरुमा पहिलेका नेताहरुमाभन्दा शिक्षा गुणस्तर राम्रो नै छ त ? 

    हाम्रो देशका विभिन्न विश्वविद्यालयमा राजनीति गरिरहेका विद्यार्थी नेताहरुको स्थिती हेर्ने हो भने सबैभन्दा कमजोर विद्यार्थी नै अगाडी भएको पाउन सकिन्छ । किन भने राम्रोसँग पढ्ने विद्यार्थीसंग अन्य गतिविधिमा सम्लग्न हुनलाई अथवा समय दिनको लागि धौ धौ नै पर्दछ । जो युवा पढाईमा कमजोर छ, पढाई मा प्रगति गर्न सकेको हुँदैन र पढाईबाट प्रगति गर्ने देख्दैन, त्यसपछि उ राजनीतिमा अगाडि बढेको प्रष्ट देख्न सकिन्छ । हामी अरुको आलोचना त गर्दछौं तर विचार नै नगरी यदि कसैले मन लगाएर कुनै काम ग¥यो भने जस्तो सुकै काम पनि सजिलैसँग गर्न सक्दछ । त्यसको निम्ती निरन्तर लागि रहनुपर्छ ।

    जीवनमा विभिन्न किसिमका उतारचढाव त आउँछन् नै तर त्यसबाट विचलित नभई अगाडी बढी रहनु पर्दछ । हाम्रो देशमा विकासका निम्ती गरिनु पर्ने धेरै कार्यहरु छन् । ती सबै कार्य एकै पटक गरिनु पर्छ भन्नु गलत हो । मुर्खता हो । तर क्रमबद्ध तरिकाले अगाडी बढाईनु पर्नेमा सरकारी स्तरबाट हुने कामहरुमा नै बढी लापरवाही भएको पाइन्छ । सायदै योजनाहरु होलन जुन एकै र समयमै सम्पन्न भएका । यदी हामी युवापुस्ताको ध्यान यता तिर जाने हो भने खाडी मुलुकमा गएर पसिना बेच्न नपर्ने मात्र होइन देशकाे आर्थिक पनि सुधार हुने थियो ।

    वर्तमान अवस्थालाई हेर्दा पहिलेभन्दा पनि बढी नराम्रा क्रियाकलापहरुमा युवा पुस्ता नै अग्रसर भएको देख्न सकिन्छ । स्थानीय तह स्थापना हुनुभन्दा पहिले गाउँका स–साना विकास निर्माण जस्तै विद्यालय, मठ मन्दिर धर्मसाला इत्यादी जनश्रमदानबाट गरिन्थ्यो तर त्यस विपरीत अहिले हामीले गर्ने भनेको नारा जुलुस र अरुले गरेको काम अथवा बोलेको कुराको आलोचना मात्र गर्नु भएको छ ।  यस्ता गतिबिधिले युवा पुस्तालाई कुद दिशा तिर धकेलि रहेको ? हामी युवा पुस्तामा लागुपदार्थको प्रभाव पनि बढीरहेको छ ।

    कसैलेले पनि गरिरहेको कामलाई अरु कोहि आएर गलत हो भनेर सम्झाउदा रिस त उठ्छ तर जब आफुले गरेको कामको परिणाम आउछ त्यतिबेला पछुताउनु सिवाय केही रहदैन । त्यसैले जे गर्दा पनि सोच विचार र सल्लाह लिइ गर्ने बानीको विकास गरौं । के हामी समय परिवर्तनसंगै हाम्रा व्यवहार पनि परिवर्तन गरिका छौं त ? खास गरि राम्रो काम गर्छु नै भन्ने हो भने उमेरले खासै फरक पार्दैन फरक पार्छ त बस नियतले । 

    नियत नै खराब अनि अरुले गरेको राम्रो कामलाई राम्रो भन्न नसक्ने देशका निमित्त केही गर्ला कि भनी हेरेर बस्नु हामी सबै नेपाली को भुल हो । अरुको विरोध सोसियल मिडियामा गर्ने तर आफ्नो वा आफुले सहयोग गर्ने पार्टीका नराम्रा पक्षलाई लुकाउने अनि अरुले गरेका काम सहिलाई पनि सहि भन्न नसक्ने हामी युवा पुस्ता साँच्चिकै देश विकासका जिम्मेवारि बहन योग्य छौं त ?

    हामी जसरी अगाडि बढीरहेका छौं त्यसलाई नै निरन्तरता दिने हो भने आज मात्र होइन आजको सय वर्ष पछाडीसम्म पनि हाम्रो स्थितिमा कुनै पनि परिवर्तन नहुने निश्चित छ । अशिक्षित वर्गले त राम्रो या नराम्रो भनी बुझेनन् र आलोचना गरे भन्नु तर विडम्बना त यो छ जो शिक्षित छ सबै कुरामा अध्ययन गर्न सक्दछ सबै भन्दा बढी अरुको खुट्टा तान्न आतुर भनेको शिक्षित युवा पुस्ता नै देखिएको छ ।

    अहिलेका वृद्धहरु धेरै जसोमा अलिकति लाज, सरम, इज्जत , विस्वास थियो तर भोलि वृद्ध हुने अहिलेका युवा पुस्तामा त्यस्ता गुणहरु पाउन मुस्किल नै पर्छ । यसरी प्रस्ट्याउन सकिन्छ हामी युवा पुस्ता लाचार बन्दै गैरहेका छौं । विश्वमा विभिन्न राष्ट्रहरुका युवापुस्ता टेक्नोलोजीलाई आत्मसात गरि अगाडी बढी रहेका छन् । तर हाम्रो देशमा राष्ट्रिय स्तरबाट युवावर्गलाई लक्षित त्यस्तो प्रभावकारी योजनाहरु लिएको पाइदैन र धेरै

    जसो कामहरुमा टेक्नोलोजीको प्रयोग गर्न सकि रहेका छैनौं । नेपालमा धेरै प्रबिधिको विकास नभए पनि धेरै युवाहरु अन्य राष्ट्रमा गई प्राबिधिक काम गरि रहेका छन् । यदि ती प्राबिधिकहरुलाई नेपालमा लिएर काम गर्ने अवसर दिने हो भने पनि हामी जीवन शैली सरल हुने थियो । नेपालमा विज्ञहरुको कमी छैन किन भने नेपालका विद्यार्थीहरु अन्य देशमा गएर आफुले चाहेको विषय अध्ययन गरि उतै नै काम गरिरहेका छन् । 

    नेपालमा विकासका काम नहुनुलाई राजनैतिक अस्थिरता नै मनिन्छ । तर राजनैतिक स्थिरता भयो भने पनि दीगो विकास हुने सम्भावना कम नै छ । देश को लागि चाहिने दक्ष जनशक्ति विदेशमा अनि विकासको सपना बुन्दैमा सफल हुन् कसरी ? यदि अन्य देशहरुमा काम गरिरहेका दक्ष प्राबिधिकहरुलाई नेपालमा नै काम गर्ने व्यवस्था मिलाउने हो र सबैसंगै   विकासका निम्ति हातेमालो गरि अगाडी बढ्ने हो ।

    भने नेपाल साच्चिकै विश्व मै सबभन्दा सुन्दर देश बन्न सक्दछ । युवा अवस्थामा त्यस्तो अवस्था हो जुन अवस्थामा उर्जाशील, सिर्जनशील काम गर्नका लागि धेरै आत्मबल बढ्छ । जतिबेला रगत तातो हुन्छ, आक्रोश हुन्छ र केही गर्ने हुटहुटी पनि उत्तिकै हुन्छ । कतै हामी हाम्रो यो अवस्थामा सिर्जनशील काम गर्न त सकेनौँ ? यदी गर्न सकेनौँ भने हामी ठूलो अवसर र समयलाई चुकाउन पग्यौँ ।

    जुन समय अब हामीले चाहेर नआउन पनि सक्छ । कि यो समयमा हामीले अरुले गरेको कामको विरोध मात्रै ग¥यौँ ? विरोध गर्नु पर्ने ठाउँमा विरोत गर्नुलाई सकरात्मक नै लिउँ तर कि कतै हामीले विरोधका लागि विरोध मात्रै ग¥यौँ, एक पटक गम्भीर भएर सोचौँ त !


    रमेश अर्याल

    उहाँले बागलुङ पोस्ट डटकमका लागि नियमित लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार