विचार

कोरोना संकट र शिक्षामा परेको प्रभाव

कोरोना संकट र शिक्षामा परेको प्रभाव

  • भाद्र ११, २०७८ शुक्रवार
  • १७:२५:०२ बजे
  • 6.2K
    SHARES
  • कोरोना संकट र शिक्षामा परेको प्रभाव

    लक्ष्मी बुढा मगर : चीनको वुहानमा देखिएको कोरोना भाइरस संक्रमण (कोभिड—१९) सन् २०२० मा विश्वभरी नै महामारीको रुपमा फैलिएको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक सरुवा रोग हो । यो रोगको औषधी उपचार पत्ता लागि नसकेको अवस्था मा संक्रमण फैलिन नदिन हात धुन र मास्कको प्रयोगमा जोड दिँदै आइएको छ । त्यस बाहेक भाइरसको संक्रमण नफैलियोस भनेर मानिसहरुको हिँडडुल नियन्त्रण गर्न नेपाल सहित विश्वका धेरै मुलुकले बन्दाबन्दी (लकडाउन) विधि अपनाए । 

    नेपाल सरकारले महामारीको उच्च जोखिमलाइ ध्यान दिदै शुरुमा (२०७६)को ६ चैत मसान्त सम्मका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्म सबै शिक्षण संस्था बन्द ग¥यो । जसको कारण चैत ६ बाट हुने भनिएको (एसईई) समेत रोकियो । कोभिडको संक्रमण बढ्दै गएपछि सरकारले चैत ११ (२०७६) देखि देशव्यापी बन्दाबन्दीको घोषणा गरे पनि संक्रमण बढ्दै गएपछि पटक—पटक बन्दाबन्दीको समय थपियो जसले २०७७ वैशाखबाट शुरु हुने नयाँ शैक्षिक शत्र पनि प्रभावित भयो । बन्दाबन्दी शुरु भएको तीन महिनासम्म पनि सरकारले वैकल्पिक कक्षा सञ्चालनको कुनै योजना तथा खाका ल्याउन सकेन । तथापी धेरैजसो नीजि विद्यालयले बन्दाबन्दीकै अवधिमा अनलाइन कक्षा सञ्चालन गरेर सिकाई प्रणालीलाई निरन्तरता दिए ।

    तीन महिना महिना बन्दाबन्दीलाई खुकुलो बनाउँदै लगेसम्म सरकारी तथा नीजि कार्यालय, सवारी साधन र पसलहरु विस्तारै खुल्दै गए शिक्षण संंस्थाहरु भने कहिले खुलाउने भन्नेबारे लामो समय अलमल रह्यो । सरकारले (२०७७) जेठको अन्तिमतिर वैकल्पिक विधिबाट पढाउने गरी सिकाई सहजीकरण निर्देशिका ल्याएर विद्यालयको पठन पाठन सञ्चालन गर्ने बाटो खुलायो त्यसपछि पनि विभिन्न निर्देशिका लागि जारी गरेर वैकल्पिक पठन पाठनलाइ निरन्तरता दिन निर्देशन दियो त्यसैगरी स्थानीय सरकारलाइ स्थीति विश्लेषण गरी विद्यालय सञ्चालन गर्ने अधिकार दिइएको थियो । शिक्षा मानिसको लागि अति महत्वपूर्ण र अपरिहार्य वस्तु हो ।

    यसले मानिसलाइ व्यक्तित्व विकास गरी आत्मनिर्भर बनाउँछ । समय  सँगसँगै यो विश्व अघि बढ्दै जाँदा सबै क्षेत्रहरूमा तीव्र गतिले विकास र विस्तार हुँदै आएको छ । जसको कारण हाम्रो समाज भएका परिवर्तनहरु  प्रत्येक्ष देख्न सकिन्छ । त्यसैगरी आजको शिक्षा क्षेत्र पनि भिन्न प्रकारले अघि बढिरहेको छ । झण्डै २ वर्षदेखि विश्व नै कोरोनाको प्रभावमा लपेटिएको छ । महामारिको रुप लिएको कोरोनाको फेरी तेस्रो भेरियन्टको आगमन भएको भन्ने कुरा विभिन्न सञ्चार माध्यमबाट सुन्न सकिन्छ ।

    कोरोना भाइरसको विश्वव्यापी महामारीले शिक्षा प्रणाली नै नयाँ रुपमा विकसित हुन थालेको छ । अचानक देखा परेको कोरोना प्रकोपले यो संसारलाई भयभित बनाई जीवनमा ठूलो क्षति गराउँदै आएको छ । मानिसमा शारीरिक तथा मानसिक तनाव बनाउँदै भविष्य नै अन्धकार भएको अनुमति गराउन थालेको छ । शुरुआती दिनहरुमा तीव्र रुपले यसको संक्रमण फैलिएपछि विश्व नै लकडाउन गर्न परेको थियोे । केही समयपछि विस्तारै कम हुँदै गएकाले विश्वलाइ फेरी चलायतमान बनाउने हेतुले क्रमशः सबै क्षेत्रको व्यवसाय संघ संस्थाहरु खोल्दै लगियो तर कोभिड महामारी रोकिएन । झन् झन् नयाँ रुप लिएर फैलिन थाल्यो ।

    खोप बने ता पनि त्यतिको प्रभावकारी भने हुन सकेन विद्यालयहरु फेरी बन्द गर्नुपर्ने अवस्था देखियो । यसको नकरात्मक असर हरेक क्षेत्रमा परिरहेको छ । त्यसैगरी शिक्षा क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन पुगेको छ । कोरोना संक्रमणको कारण सबै शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थीहरुले घरमै बस्नुपर्ने बाध्यता छ । अन्तिम तयारी पूरा भइसकेको परीक्षाहरु स्थगित हुनाले विद्यार्थीहरुमा मानसिक चिन्ता पैदा भई अन्यौल छाएको छ । छोराछोरी घरमै बस्ने भएपछि उनीहरुको रेखदेखको लागि अभिभावक पनि घरमै बस्नुपर्ने भएको छ ।

    जसको कारण विशेषगरी महिलाहरुले आफ्नो रोजगार गुमाएका छन् । त्यसको साथै भविष्य के हुने हो ? भन्ने चिन्ताले पिरोल्नु परेको छ । यावत समस्याहरुको विकल्पको रुपमा ईन्टरनेट मार्फत अनलाइन कक्षाहरु टेलिभिजन तथा रेडियो कक्षाहरु जस्ता केही उपायहरू शुरु भएका छन् ।  विकसित देशहरुमा यो प्रभावकारी र लोकप्रिय पनि बनेको छ । हाम्रो जस्तो देशमा पनि सुविधा सम्पन्न वर्गका विद्यार्थीहरुका लागि भने यो फाइदा जनक नै साबित भएको छ । तर कतिपय विद्यार्थीहरुका लागि भने उनीहरुको पहुँच भन्दा बाहिर पर्दछ ।

    केही विद्यार्थीहरुले घरमै बसेर कम्प्युटर स्मार्टफोन ल्यापटप आदि जस्ता उपकरणको प्रयोगबाट शिक्षक र साथीहरूसँग जुम, गुगल आदी जस्ता भर्चुअल कक्षाहरुद्वारा अन्तरक्रिया गरी अध्यन जारी राखेका छन । यसले डिजिटल प्रविधिको पनि विकास गर्दै लगेको छ । यसबाट सजिलो अध्ययन सामग्रीहरु प्राप्त गर्न र साटासाट गर्न सकिन्छ । शिक्षक वर्गले पनि कम्प्युटर सिक्ने अन्य प्रविधिका नयाँ कुराहरु सिक्ने मौका पनि पाएका छन । त्यसै गरी विभिन्न किसिमका कम्प्युटर प्रविधि सामाजिक सञ्जाल आदीको प्रयोग गरेर अडियो तथा भिडियोको माध्यबाट अध्ययन अध्यापन भइरहेकै छ ।

    तर अर्कोतिर विद्यार्थीहरुमा शारीरिक खेलकुदहरुको कमि हुने जसले गर्दा स्वास्थ्य समस्याहरु देखिन सक्ने अतिरिक्त क्रियाकलाप कम मात्रामा हुने प्रयोगात्मक कक्षाहरु त्यति प्रभाकारी नहुने प्रष्टसँग नबुझिने मुल्याङ्कन राम्रो नहुने जस्ता समस्या पनि देखिएको छ । धेरै बौद्धिक शक्तिले रोजगारी पनि गुमाउनु परेको छ । अर्कोतर्फ दुर्गम क्षेत्रका विद्यार्थीहरु वा सुगममै भएर पनि कम्प्युटर र ईन्टरनेटको पहुँच नभएका निम्न वर्गका विद्यार्थीहरुमा भने कोरोना महामारीको प्रकोप एउटा गम्भीर समस्या बनेको छ । विद्यालय जान नपाई घरमै बसिरहदा विद्यार्थीहरुमा अनेकौं प्रकारका मनोवैज्ञानिक समस्या बढेको पाइन्छ ।

    घरपरिवारमा हुने कलहका कारण सामाजिक समस्या बढेको अवस्था छ । कलिलो उमेरमा विद्यार्थीहरु बालश्रमिक बन्न सक्ने जोखिम पैदा भएको छ । कुन निकायले के गर्दा महामारी समयमा पनि पढाईलाई निरन्तरता दिन सकिन्छ त्यसको सहजीकरण गर्न संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाइ शिक्षा मन्त्रालयले अनुरोध गरेको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार