बागलुङ : बागलुङमा हालसम्म ५५ हजार २ सय ३२ जनाले कोरोना विरुद्धको पूर्णमात्रामा खोप लगाएका छन् भने ६३ हजार १ सय ७९ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
जिल्लामा हालसम्म ४ किसिमका खोप लगाइएको छ । जिल्लामा कोभिशिल्ड, भेरोसेल, ज्यानसन र अस्ट्राजनेका खोप लगाइको छ । जिल्लामा सबैभन्दा बढी चिनियाँ भेरोसेल खोप लगाइएको छ । भदौ १३ गतेसम्म जिल्लामा ४ हजार ४ सय ४७ जनाले पूर्णमात्रामा कोभिसिल्ड खोप लगाइसकेका छन् भने १८ हजार ९ सय ८७ जनाले पहिलो मात्रा खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।
जिल्लामा २६ हजार ६ सय ९४ जनाले चिनियाँ भेरोसेल खोप लगाएका छन् भने २९ हजार ८ सय १३ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
अमेरिकन एक मात्राको खोप ज्यान्सन एन्ड ज्यान्सन लिनेको संख्या १२ हजार १ सय ७८ रहेको छ । यस्तै, ११ हजार ९ सय १३ जनाले अस्ट्राजनेका नामक दुबै मात्राको खोप लगाइसकेका छन् भने २ हजार २ सय १ जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको खोप लगाउने पालो कुरेर बसेका छन् ।