बुर्तिबाङ : नेपाली काँग्रेस बागलुङले पार्टीको १४ औँ महाधिवेशन आगामी भाद्र २१ गते देखि सुरु गर्ने भएको छ । महाधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि नेपाली काँग्रेस क्षेत्र नम्बर २ बागलुङको तयारी बैठक बुधबार बुर्तिबाङमा सम्पन्न भएको हो ।
आगामी भाद्र २१ गते वडा तहको महाधिवेशन गर्ने गरी आवश्यक तयारीलाई अगाडी बढाउने निर्णय गर्दै क्षेत्र नम्बर २ का ४८ वटै वडामा २१ गते एकै समयमा वडा तहको महाधिवेशन सम्पन्न गर्ने र लगत्तै गाउँ÷नगर, प्रदेश, क्षेत्र र जिल्लाको महाधिवेशनको तयारी अगाडी बढ्ने निर्णय बैठकले गरेको छ ।
क्षेत्रीय समितिको आयोजनामा आयोजित कार्यक्रमका अवसरमा क्षेत्र नम्बर २ अन्र्तगत क्षेत्रीय समिति पदाधिकारी, जिल्ला पदाधिकारी, महादिवेशन प्रतिनिधी, गाउँ/नगर सभापती, वडा सभापती, भातृ संगठनका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा क्षेत्रीय सभापती
दोर्णकुमार कुवँरले आफुले पाँच वर्षसम्म क्षेत्रीय सभापतीमा रहेर जिम्मेवारीका साथ काम गरेको र यस पटकको महाधिवेशनमा जिल्ला सभापतीको रुपमा आफनो उमेद्वारी रहने उद्घोष गरेका छन् । सक्षम नेतृत्व र पार्टीलाई थप उचाईमा पुर्याउनका लागि आफु जिल्ला सभापतीको उम्मेद्वारी दिन
थालेको कुवँरले बताए । कार्यक्रममा महाधिवेशन प्रतिनिधी निरज पुन, महाधिवेशन प्रतिनिधी जित शेरचन, मञ्जेशबम मल्ल, मञ्जु शर्मा, सोम यामु लगाएतका नेता कार्यकर्ताले धारणा राखेका थिए । कार्यक्रम क्षेत्रीय सचिव तिलक छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।