बागलुङ : नेपाली काँग्रेस बडिगाड—३ सिसाखानीको सभापतिमा दिलबहादुर पुन सर्वसम्मत चयन भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको वडा अधिवेसनबाट पुनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाली काँग्रेस सिसाखानीको उपसभापतिमा नरबहादुर पर्टेल, पृथबहादुर थापा चयन भएका छन् । सचिवमा लोकेन्द्र बहादुर घर्ती र धनबहादुर थापा चयन भए ।
कोषाध्यक्षमा बेलबहादुर राना, सहसचिवमा छविलाल भुजेल, सुदिप सामल चयन भएका छन् ।
वडा समितिको सदस्यहरुमा चन्द्रा राना, हिमा घर्ती, भुपाल घर्ती, मनकली श्रीस, दिविशा विक, हिरा घर्ती, कुमारी थापा, भिषण(चिरन) घर्ती, लोबहादुर श्रीस, दिलमया पुन, हरिकला राना, पुरन पुन, हेमलाल भुजेल, लोकबहादुर सिर्पाली, रञ्जिता श्रीस, सचिन घर्ती, तुमबहादुर भुजेल, प्रेमनारायण घर्ती, श्री पुन, खनी बुढा, नरबहादुर क्षेत्री, पुरण रेस्मी र तिलक थापा चयन भएको निर्वाचन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।
क्षेत्रीय प्रतिनिधिहरुमा यामेन्द्र कुमार घर्ती, माया घर्ती, नरबहादुर पर्टेल, रबिन्द्र श्रीस, चिरण(भिषण) काउचा घर्ती, धनबहादुर थापा,
गणेश भुजेल थापा, कुमारी थापा, कुमारी थापा, लोकबहादुर श्रीस, लोकेन्द्रबहादुर घर्ती, दिलमया पुन, दिविशा विक, तुलबहादुर थापा, पवित्रा रास्कोटी, हिमा घर्ती सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत थापाले बताए । अधिवेसन उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सिसाखानीका निवर्तमान सभापति यामेन्द्र कुमार घर्तीले अब आउने निर्वाचनमा नेपाली काँग्रेसलाई वडादेखि केन्द्रसम्म विजयी गराउन तल्लो तहबाट नै मेहनतका साथ लाग्नुपर्ने बताए ।
नेपाली काँग्रेसका कार्यकर्ताले जनताको समस्या समधानका लागि जनभावना अनुसार काम गर्न सके मात्रै जनताले काँग्रेसलाई मतदान गरी विजयी गराउने भएकाले जनताको समस्या समाधानका लागि हरेक काँग्रेस कार्यकर्ताले पहल लिनुपर्ने बताए ।
