गलकोटको सबै वडामा सर्वसम्मत काँग्रेसको वडा समिति चयन 

गलकोटको सबै वडामा सर्वसम्मत काँग्रेसको वडा समिति चयन 

  • भाद्र २२, २०७८ मंगलवार
  • १५:०९:४५ बजे
  • 2.5K
    SHARES
  • गलकोटको सबै वडामा सर्वसम्मत काँग्रेसको वडा समिति चयन 

    गलकोट : नेपाली काँग्रेसको १४ औं महाधिवेशन गल्कोटका सम्पूर्ण वडाहरुमा सर्वसम्मत रुपमा वडा अधिवेस।न सम्पन्न भएको छ ।

    गलकोटका ११ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गलकोटका विभीन्न वडाहरुमा भएको अधिवेसनलाई संविधान सभा सदस्य नरबहादुर पुन निरज, नेपाली काँग्रेस बागलुङका सल्लाहकार एवं गलकोट नगर प्रमुख भरत शर्मा गैरे, गलकोट नगर उपप्रमुख रेनुका काउचा, युवा नेता मन्जेश बम मल्ल लगायतका काँग्रेस नेताहरुले उद्घाटन गरेका छन् ।

    उनीहरुले लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई संस्थागत गरी देशमा स्थायीत्व कायम गर्नका लागि नेपाली काँग्रेसलाई आगामी निर्वाचन विजय गराउनेगरी गाउँ गाउँमा संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    वडा अधिवेसनबाट गलकोटको वडा न १ सुबेदार हिम बहादुर भण्डारी , वडा न २ मा घनश्याम कुँवर , वडा नम्बर ३ मा नन्दराज शर्मा , वडा न ४ मा ओमकार सुवेदी , वडा न ५ पवन हमाल मा  वडा न ६ मा राज बहादुर पुन , वडा न ७ मा वसन्त क्षेत्री , वडा न ८ मा ढालिन्द्र प्रसाद गौतम, वडा नम्बर ९ मा हेमलाल खरेल, वडा न १० मा  भक्त काउचा र बडा न ११ ओम प्रसाद श्रीस सभापति रहेको वडा कार्यसमिति चयन भएको छ ।

    प्रत्येक वडाबाट विधान अनुसार क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको छ । कार्यक्रममा विभीन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुलाई सदस्यता प्रदान गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # गलकोट

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार