बागलुङ : बागलुङको निसीखोलामा जिप र भ्यान एक आपसमा ठोकिँदा ५ जना घाइते भएका छन् । निसीखोला गाउँपाकिा वडा नम्बर ६ भकोटमा पूर्वी रुकुम तर्फ जाँदै गरेको लु १ ज १९३४ नम्बर जीप र विपरित दिशाबाट आएको ध १ ज ८०६ नम्बर को भ्यान एक आपसमा ठक्कर खाँदा
पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख जयराम वन्तले जानकारी दिए । घाइते हुने दाङको घोराइ नगरपालिका वडा नम्बर १ का १७ वर्षीय गोपाल कार्की, बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय सन्दिप भण्डारी, निसीखोला गाउँपालिका वडा नम्बर ५ का २७ वर्षका भ्यान चालक सेरबहादुर घर्ती,
ढोरपाटन नगरपालिका वडा नम्बर २ सेराका २७ की अनिता पुन र निसीखोला गाउँपालिका वडा नम्बर ६ की ३८ वर्षीया सन्तकला घर्ती रहेका छन् ।उनीहरुको स्थानीय मेडिकलमा उपचार थालिएको प्रहरी निरीक्षक वन्तले बताए । जीप र भ्यान दुबै गाडीमा क्षति पुगे पनि भ्यानमा बढी क्षति भएको प्रहरीे जनाएको छ ।
याे पनि पढ्नुहाेस्
एक लाखमा नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने बागलुङ बडिगाडका युवक पक्राउ
नक्कली सर्टिफिके बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो ।
नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा
संलग्न रहेको केसीमाथि आरोप छ । ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले केसीले सक्कली सर्टिफिकेटलाई पैसा लिएर अरुको नाममा नक्कली सर्टिफिकेट बनाइदिने गरेको खुलेको जानकारी दिए । सक्कली सर्टिफिकेटधारी चिकित्सकले आफ्नो नामको सर्टिफिकेट अरुकै
नाममा बनेको भेटाएपछि परिसरमा उजुरी गरेको आधारमा उनलाई पक्राउ गरिएको बज्राचार्यले बताए । ‘प्रारम्भिक अनुसन्धान अनुसार एक सर्टिफिकेट बनाएको न्यूनतम् एक लाख रुपैयाँ सम्म लिने गरेको खुलेको छ,’ बज्राचार्यले भने, ‘एक्लैले यस्तो कामै गर्न सक्दैन, यसमा थुप्रै मानिसहरूको संलग्नता रहको आशंका छ ।’
केसीले थुप्रै सर्टिफिकेटलाई नक्कली बनाएर बेचेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।