दुखद खबर : जीप दुर्घटनामा श्रीमान–श्रीमतीसहित ३ जनाको मृत्यु, छोरा घाइते

दुखद खबर : जीप दुर्घटनामा श्रीमान–श्रीमतीसहित ३ जनाको मृत्यु, छोरा घाइते

  • आश्विन १, २०७८ शुक्रवार
  • ०६:५४:३९ बजे
  • 4.4K
    SHARES
  • दुखद खबर : जीप दुर्घटनामा श्रीमान–श्रीमतीसहित ३ जनाको मृत्यु, छोरा घाइते
    फाइल तस्बिर

    रामेछाप : रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ३–०१–०२३ च ३५९३ नम्बरको जीप सदरमुकाम मन्थलीनजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

    बिहिबार बिहान साढे ९ बजे भएको दुर्घटनाम ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ६ खिजिफलाटेका ३५ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षीया फुर्वा शेर्पा र ३६ वर्षीय वाङ्छु शेर्पा रहेका छन् । जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    मन्थली नगरपालिका वडा नम्बर ६ को कुनौरीस्थित बोक्सेको पहरामा आइपुग्दा बलेरो भीरबाट करिब ६ सय मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ । शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

    यो पनि पढ्नुहोस्
    कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
    मोरङको बूढीगंगा गाउँपालिकामा भएको कार दुर्घटनामा परेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। बा ११ च १५७१ नम्बरको कार दुर्घटना हुँदा बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेकी बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा परेर बिहान ११स्३० बजेतिर गम्भीर घाइते भएकी चन्द्रकलाको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा परेर कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ५५ वर्षीया सानी धिमाल र ४३ वर्षीया गीता लिम्बू घाइते

    भएको श्रेष्ठले बताए। चालकको अवस्था सामान्य छ। घाइतेहरुको विराटमै उपचार भइरहेको छ। मृतक चन्द्रकला र घाइते सानी मुटु सम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई कारमा लिएर उपचारका लागि विराटनगर आउँदै गरेको पाइएको प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको कार आफैँ

    अनियन्त्रित भएर कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित पायनीयर उद्योग अगाडि बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार