मन्दिप निउरे
ताराखोला : नेपाली काँग्रेसको १४ औ महाधिवेशन सुरु भएसंगै विभिन्न पदमा उम्मेदवारी दिने क्रम सुरु भएको छ । भाद्र १८ गतेदेखि सुरु भएको महाधिवेशन अन्तर्गत बागलुङमा भाद्र २१ गते दस ओटा पालिकाका सबै वडाहरुको अधिवेशन सम्पन्न भएको छ ।
वडा तहको अधिवेशन सप्पन्न भए लगत्तै पालिका तहको अधिवेशनमा काँग्रेस कार्यकता होमिएका छन । असोज ९ गते हुने पालिका तहको अधिवेशनलाई लक्षित गरी आपनो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसै सन्दर्भमा ताराखोला गाउँपालिकाको सभापतिमा ३ जनाले आफ्नो उम्मेदवारी घोषण गरेका छन् । नेपाली काँग्रेस साबिक बागलुङ क्षेत्र नम्बर १ का पूर्व कोषाध्यक्ष हरि सुवेदी, नेपाली काँग्रेस ताराखोला गाउँपालिका संयोजक कमलापति पाठक, ताराखोला गाउँपालिका गाउँपालिका सहसंयोजक कलाधार सुबेदीले गाउँपालिका सभापतिमा दाबी गरेका छन् ।
ताराखोलाको नेपाली काँग्रेसलाई सशक्त र गतिशील बनाउनका लागि आफुले सभापतिमा दाबी गरेको हरि सुवेदीले बताए ।
‘ताराखोलामा काँग्रेस उसै पनि कमजोर छ,’ उनले भने,‘त्यससैमाथि पार्टीको जून खालको गतिविधि क्रियाकलाप हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । काँग्रेसलाई गतिशील र चलायमान बनाउनका लागि मैले पार्टी सभापतिमा दाबी गरेको हुँ ।’ बागलुङ क्षेत्र नम्बर १ को कोषाध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै गर्दा काँग्रेसका लागि कोष निर्माण लगायतका महत्वपूर्ण कार्यहरु गरेको अनुभवका आधारमा काँग्रेसलाई ताराखोलामा बलियो बनाउन आफ्नो भूमिका रहने उनले बताए ।
‘ताराखोलाका कुनै पनि गतिविधिमा काँग्रेसको भूमिका देखिएन, गाउँपालिका तथा वडाहरुबाट सम्पादन हुने कामहरुलाई
जनताको पक्षमा पु¥याउनका लागि काँग्रेसले भूमिका खेल्नुपथ्यो,’उनले भने,‘ताराखोलामा न जिल्लास्तरको कार्यक्रम हुन सकेको छ । न त केन्द्रस्तरका नेताहरु पुगेर काँग्रेस कार्यकर्तालाई हौसला प्रदान गर्ने वाताबरण बनेको छ । त्यसलाई चिरेर गतिशील काँग्रेस बनाउनका लागि पनि मेरो उम्मेदवारी र सभापतिमा दाबी हो ।’
सबैका बीच संवाद गरेर ताराखोला काँग्रेसको क्यालेण्डर निर्माण गरेर विभीन्न कार्यक्रम गर्ने उनको भनाई छ ।
‘कार्यकर्तामा प्रशिक्षण नहुँदा पनि हाम्रो संगठन कमजोर हुँदै गएको छ, चुनाव आउँदा पनि डराएर साथीहरु बाहिर आउन नसक्ने अवस्था छ, त्यसले गर्दा त्यसो समस्या चिर्नका लागि मैले सभापति दाबी गरेको हुँ,’ उनले भने । २०५३ सालदेखि काँग्रेसमा आवद्ध नेपाली काँग्रेसमा आवद्ध भएका सुवेदी काँग्रेस भएकै कारण द्वन्द्वकालमा म विस्थापित हुन पुगेका थिए । क्षेत्रीय कोषाध्यक्षपछि माथिल्लो पदमा जाने इच्छा हुँदा हुँदै पनि गुटगत मान्यता भत्काउनका लागि आफु क्षेत्रीय सचिव नबनेको उनी बताउने गर्छन् ।
ताराखोला गाउापालिका वर्तमान पार्टी संयोजक कमलापति पाठकको पनि अहिले पालिको पार्टी सभापतिमा दाबी छ ।
नेपाली काँग्रेसलाई सशक्त बनाएर नेपाली काँग्रेसलाई ताराखोलाको बलियो पार्टी बनाउनका लागि आफुले पार्टीको सभापतिमा दाबी गरेको बताउँछन् । विगतको अनुभवको आधारमा काँग्रेसलाई जुझारु र गतिशील बनाउने उनको भनाई छ । ‘नयाँ साथीहरुसंग हातेमालो गरेर अगाडि बढाउने र सक्रियता र जुझारु बनाएर ताराखोलामा काँग्रेसको संगठनलाई मजबुद बनाउने योजना छ,’ उनले भने,‘सबै क्षेत्रलाई समेटेर आगामी दिनहरुमा निर्वाचनको बेला नेपाली काँग्रेसलाई ताराखोलामा विजयी बनाउने गरी काम गर्ने योजना छ ।’
नियमित बैठक, प्रशिक्षण लगायतका कार्यक्रमहरु गरेर ताराखोला काँग्रेसलाई उच्च विन्दुमा पु¥याउने लक्ष्य रहेको उनी बताउँछन् ।
वडा नम्बर २ को उपसभापति हुँदै गर्दा सभापतिको रुपमा मैले काम गरेको थिए । त्यसपछि सभापतिमै चुनिएर र अहिले गाउँपालिकाको संयोजक छन् । उनी २०३६ सालदेखि नै नेपाली काँग्रेसमा आवद्ध रहेका छन् । चुनावी रणनीति र संगठन विस्तार मुख्य योजना रहेकोे उनले बताए । नेपाली काँग्रेसको पक्षमा माहोल सिर्जना गर्नका लागि आफु नेतृत्वका लागि तयार रहेको उनी बताउँछन् ।
ताराखोला गाउँपालिका सभापतिका लागि वडा नम्बर ५ का निवर्तमान पार्टी सभापति समेत रहेका ताराखोला गाउँपालिकाका सहसंयोजक कलाधर सुवेदीले पनि दाबी गरेका छन् ।
वडा तहमा आफुले पटक पटक पार्टीको नेतृत्व गरेकाले गाउँपालिका सभापति भएर सशक्त रुपमा पार्टीलाई अगाडि बढाउनका लागि आफु पालिका पार्टी सभापतिको दाबी गरेको उनले बताए । ‘मैले पहिले गाविस हुँदा पनि ताराखोला गाविसको दुई कार्यकाल सभापति भएर काम गरे, गाउँपालिका बनेपछि पनि वडा नम्बर ५ को एक कार्यकाल सभापति भएर अहिले पद हस्तान्तरण गरेको छु,’ उनले भने,‘मेरो अनुभवलाई प्रयोग गरेर गाउँपालिकामै काँग्रेसलाई राम्रो बनाउन सक्छु भन्ने मेरो विश्वास छ ।’
आगामी निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा पार्नका लागि आफु लाग्ने उनको भनाई छ ।
‘वडा नम्बर ५ मा काँग्रेसको संगठन राम्रै छ, अलिकति मेहन गरियो भने अन्य ठाउँमा पनि राम्रो गर्न सकिन्छ,’ उनले भने,‘आगामी स्थानीय निर्वाचनलाई मुख्य लक्ष्य बनाएर म लागेको छु । काँग्रेसलाई जनताको बीचमा लोकप्रिय बनाएर निर्वाचन जित्नेगरी संगठन मजबुद बनाउने मेरो काम हुनेछ ।’ पालिकामा प्रतिपक्षको भूमिका पनि नदेखिएका कारण आफु अगाडि बढेको उनी बताउँछन् ।
‘अहिले पालिकामा प्रतिपक्षको भूमिका नै देखिएको छैन, काँग्रेस पार्टी छ भन्ने जनतालाई र कार्यकर्तालाई विश्वास दिलाउनका लागि पनि मैले नेतृत्व खोजेको हुँ,’ उनले भने ।
२०३६ सालबाटै नेविसंघमा आवद्ध भएर उनले राजनीति गरेको गरेका हुन् । गाउँ फर्केपछि पार्टीमा सचिव हुँदै दुई कार्यकाल ताराखोला गाविसको सभापति र एक कार्यकाल वडा सभापति भएपछि अहिले नेतृत्व हस्तान्तरण गरेर गाउँपालिकाका लागि अगाडि बढेको उनले बताए ।
सर्वसम्मत नेतृत्व पाएको अवस्थामा चन्द्रकली रोकाले पनि आफुलाई सभापतिको रुपमा उभ्याएको बताईएको छ । रोका गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट ताराखोला गाउँपालिका उपाध्यक्षमा उम्मेदवार थिईन् ।