काँग्रेस ढोरपाटन नगरपालिकाको सभापतिका लागि कायत र अदैको दाबेदारी

काँग्रेस ढोरपाटन नगरपालिकाको सभापतिका लागि कायत र अदैको दाबेदारी

  • आश्विन ८, २०७८ शुक्रवार
  • १३:३४:०२ बजे
  • 5.1K
    SHARES
  • काँग्रेस ढोरपाटन नगरपालिकाको सभापतिका लागि कायत र अदैको दाबेदारी

    बागलुङ : नेपाली काँग्रेसको वडा तहको अधिवेशन सकिएसँगै गाउँ नगरपालिकाको अधिवशेनको यति बेला महोल तातेको छ । आउँदो शनिबार गाउँ र नगरपालिका तहको अधिवेशनको मिति तय गरिएको छ ।

    अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा पनि नगरको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । ढोरपाटन नगरपालिकामा काँग्रेसको नेतृत्व हाँक्नका लागि नेपाल तरुण दलका जिल्ला सदस्य धनबहादुर कायत ‘कल्याण’ले आफ्नो उम्मेदवारी नै घोषणा गरेका छन् भने अर्को युवा नेता दिपक कुमार अदै पनि आफू आकाङ्क्षी रहेको बताएका छन् ।

    कायतले केही दिन पहिले सामाजिक सञ्जाल मार्फत आफूले ढोरपाटन नगरपालिकामा काँग्रेसको नेतृत्व गर्नका लागि भन्दै उम्मेदवारी घोषणा गरेका थिए ।  

    जुझारु काँग्रेस निर्माणका निम्ति मेरो उम्मेदवारी ः धनबहादुर कायत‘कल्याण’

     नेपाल तरुणदलको वडा तहबाट नेतृत्व समाल्दै आएका धनबहादुर कायत ‘कल्याण’ हाल तरुण दल बागलुङको जिल्ला सदस्य हुन् ।

    ढोरपाटन नगरपालिका–७ बोबाङ गाउँमा जन्मिएका उनी लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय राजनीति गरेका छन् । स्थानीय भुजीखोला लघुजलविद्युतको अध्यक्ष र युवा विकास तथा वातावरण संरक्षण मञ्चको अध्यक्ष समेत भएका कायत ढोरपाटन क्षेत्रमा पाका पुस्ता र युवा पुस्ता बीच लोकप्रिय छन् ।  गत वर्ष ढोरपाटनको भुजीखोलामा आएको बाढीले विस्थापित परिवारका लागि राहत उद्धारका लागि समेत महत्वपूर्ण भूमिका निभाएका कायत ढोरपाटन क्षेत्रमा काँग्रेसको संगठनलाई बलियो र मजबुत बनाउनका निम्ति आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।

    उनले नौ वटै वडामा आगामी निर्वाचनमा काँग्रेसको नेतृतव ल्याउने उद्देश्यका साथ आफू सभापतिमा दावी गरेको बताए ।

    ‘पछिल्ला समयमा ढोरपाटन क्षेत्रमा कम्युनिष्टहरुको दबदबा बढ्दै गएको छ । उनले भने,– बढदै गएको कम्युनिष्टहरुको दबदबालाई चिर्नका निम्ति काँग्रेसको संगठन बलियो बनाउनु छ । जुझारु काँग्रेस निर्माणका निम्ति मैले सभापतिमा दावी गरेको हुँ ।’ 

     उनले ढोरपाटन क्षेत्रमा पिछडिएको समुदायको पनि बसोबास हुने भएको हुँदा उनीहरुको आवाज बोल्नका निम्ति आफू नेतृत्व गर्न लागेको बताए ।

    उनले आगामी स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिका सहित सबै वडामा काँग्रेसको नेतृत्व ल्याउनका निम्ति संगठनलाई सशक्त बनाउने बताए । मैले सबै वडाका सभापतिसँग समन्वय गरेर सवैको आग्रह अनुसार सभापतिका लागि उम्मेदवारी दिएको हुँ कायतले भने– ‘अग्रजलाई सम्मान गरेर नयाँ पुस्तालाई सँगसँगै हिँडाएर सबैको मर्मअनुसार काम गर्नेछु । जिल्ला र क्षेत्रसँग समन्वयकारी भुमिका निर्वाह गरेर ढोरपाटनमा अब्बल काँग्रेस निर्माण गर्नेछु । उनले सबै वडाका टोल–टोलमा भातृ एवं शुभेच्छुक संस्थालाई समेत सक्रिय बनाउने बताए । 

    नगरपालिकामा हरेक क्रियाशील सदस्यसँग साक्षात्कार गरी सुखदुःखमा काँग्रेस भएको आभास गराउन निम्ति आफ्नो उम्मेदवारी रहेको र सबैको सहयोग समेत अपेक्षा गरेको कायतले बताए । 

    पाँच वर्षसम्म झोला बोकेर सङ्गठन निर्माण गर्नेछु ः दीपककुमार अदै

    लामो समय विदेशमा बसेर गाउँमा नै केही गर्नपर्छ भन्ने सोचले बुर्तिबाङमा नै निर्माण व्यवसायीको काम गर्दै आएका अदै नेपाली जनसम्पर्क समिति कतारको कार्यसमितिमा बसेर काम गरेका थिए ।

    अघिल्लो स्थानीय तहको निर्वाचनको समयमा गाउँ आएका अदै आफ्नै जन्मभूमिमा बसेर पार्टीको संगठन निर्माणमा लागेको बताउँछन् । ढोरपाटन  नगरपालिका–९ घर भै हाल बुर्तिबाङ बजारमा नै बस्दै आएका  उनले आफू सभापति भए सँगै ढोरपाटन क्षेत्रमा काँग्रेसलाई बलियो पार्टी बनाउन यो समयमा झोला बोकेर संगठन विस्तारमा लाग्ने बताए ।

    उनले आफू विदेशमा बस्दा पनि काँग्रेसको संगठनमा सक्रिय भुमिका खेलेर काम गरेको हुँदा र सबैको चाहना अनुसार नगरपालिकाको नेतृत्वका लागि दाबी गरेको बताए ।

    ‘म जहाँ रहँदा पनि काँग्रेसलाई नै कसरी बलियो बनाउने भन्नेमा सोच्दै आएको छु अदैले भने,‘ढोरपाटनमा नेतृत्व समालेले सवै वडामा आगामी निर्वाचनमा नेतृत्व समाल्ने छु । सबै वडामा भातृ एवं शुभेच्छुक संस्थालाई सक्रिय बनाउने छु ।’ अदैले बलियो र जुझारु काँग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

    ढोरपाटनमा पनि दुई समुहका बिच प्रतिस्पर्धा हुने देखिएको छ । वडा तहमा सर्वसम्मत भएको अधिवेशन गाउँ र नगरपालिका तहमा आउँदा छुट्टाछुट्टै समुहमा उम्मेदवारी दिएका छन् ।  

    सम्बन्धित समाचार