अस्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा भारतको शानदार जित

अस्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा भारतको शानदार जित

  • पौष १४, २०७७ मंगलवार
  • १७:५४:४० बजे
  • 3.3K
    SHARES
  • अस्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा भारतको शानदार जित

    भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट ८ विकेटले जितेको छ ।

    जितका लागि अष्ट्रेलियाबाट पाएको ७० रनको सामान्य लक्ष्य भारतले १५.५ ओभर खेलदै २ विकेट गुमाएर पूरा गरेको हो ।

    बोर्डर गावास्कर ट्रफी अन्तर्गतको

    पहिलो टेष्ट अष्ट्रेलियाल ८ विकेटले नै जितेको थियो ।

    दोस्रो टेष्ट जित्दै भारतले चार खेलको सिरिजमा १—१ को बराबरी गरेको छ ।

     

    मेलवर्न क्रिकेट ग्राउण्डमा घरेलु टोली अष्ट्रेलिया दोस्रो इनिङ्समा २०० रनमा अलआउट भएपछि भारतले ७० रनको सामान्य लक्ष्य पाएको थियो ।

    भारतलाई जित दिलाउन शुभमन गिलले ३५ र कप्तान अजिन्का रहानेले २७ रन बनाए ।

    दुवै खेलाडी अविजित रहे । ओपनर मयांक अग्रवाल ५ र चेतेश्वर पुजारा ३ रनमा आउट भए ।

    अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङ्सले समान १ विकेट लिए ।

    अष्ट्रेलियाले १३३र६ बाट चौथो दिनको खेल अघि बढाएको थियो । त्यसपछि थप ६७ रन जोड्दै अष्ट्रलियाले सबै विकेट गुमाएर दोस्रो इनिङ्समा कूल २०० रन बनायो ।

    अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्वाधिक ४५ रन जोडे । मिचेल स्टार्क १४ रनमा अविजित रहे । चौथो दिन २ विकेट लिएका मोहम्मद सिरिजाले भारतका लागि सर्वाधिक ३ विकेट लिए ।

    अष्ट्रेलिया पहिलो इनिङ्समा १९५ रनमा अलआउट भएको थियो भने भारतले ३२६ रन बनाएको थियो ।

    पहिलो इनिङसमा शतक प्रहार गरेका भारतीय कप्तान

    रहाने खेलको म्यान अफ दि म्याच घोषित भए ।

  • सम्बन्धित विषय:

  • # टेष्ट
  • # भारत
  • # जित

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार