भारतद्वारा कोरोना खोप निर्यातमा रोक, नेपाललाई समस्या 

भारतद्वारा कोरोना खोप निर्यातमा रोक, नेपाललाई समस्या 

  • चैत्र १२, २०७७ बिहिवार
  • १०:०१:०१ बजे
  • 5.6K
    SHARES
  • भारतद्वारा कोरोना खोप निर्यातमा रोक, नेपाललाई समस्या 
    फाइल तस्बिर

    काठमाडौं : भारतले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ ।

    पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

    बीबीसीका अनुसार अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्नेछ ।

    भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड–आस्ट्राजेनेकाकै खोप परेको छ।

  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना खोप
  • # रोक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार