भारतबाट कोरोना खोप खरिद गर्ने औपचारिक प्रक्रिया शुरु

भारतबाट कोरोना खोप खरिद गर्ने औपचारिक प्रक्रिया शुरु

  • पौष १५, २०७७ बुधवार
  • ०९:२७:१३ बजे
  • 2.6K
    SHARES
  • भारतबाट कोरोना खोप खरिद गर्ने औपचारिक प्रक्रिया शुरु

    काठमाडौं : सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ ।

    खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

    भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ । पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ ।

    भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना खोप
  • # भारत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार