कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?

कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?

  • माघ ३, २०७७ शनिवार
  • ०७:१८:२९ बजे
  • 4.2K
    SHARES
  • कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?

    शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ ।

    भारतले कोरोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ?

    पहिला कसले पाउँछन् ?

    भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरुले कोरोना खोप पाउनेछन् ।

    सबै सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुको संख्या ८० लाखदेखि एक करोडसम्म रहेको बताइएको छ । त्यसपछि करिब दुई करोड फ्रन्टलाइन वर्कर्स अर्थात् प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिइनेछ ।

    त्यसपछिको प्राथमिकतामा ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइनेछ ।

    भारतमा यो संख्या २७ करोड छ । सबैभन्दा पहिला जुन क्षेत्रमा कोरोना संक्रमण धेरै छ, सोही क्षेत्रका मानिसहरुलाई बढी प्राथमिकता दिइनेछ । त्यसपछि बाँकी जनसंख्याको पालो आउनेछ ।

    भारतमा कुन खोपले अनुमति पाएको छ ?

    भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ (कोभिसिल्ड र कोभ्याक्सिन ।

    अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।

    कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो । भारतको स्वास्थ्य मन्त्रालयले एक करोड १० लाख डोज कोभिसिल्ड र

    ५५ लाख कोभ्याक्सिन खोप खरिद गरिसकेको बताएको छ । भारतले आगामी जुन महिनासम्म ३० करोड मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको छ ।

    भारतमा कोरोना खोप निःशुल्क

    भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले सबै नागरिकलाई निःशुल्करुपमा कोरोना खोप उपलब्ध गराइने बताएका थिए । यद्यपि त्यसपछि भने अहिलेसम्म आधिकारिकरुपमा कुनै अभिव्यक्ति सार्वजनिक भएको छैन ।

    सेरम इन्स्िटच्युटले आफूले सरकारलाई उपलब्ध गराउने खोपको भाउ दुईदेखि तीनसय भारु रहने बताएको छ । भारत बायोटेकले भने आफ्नो खोपको भाउ खरिदको परिमाणमा निर्भर रहने बताएको छ ।

    साढे ३८ लाख डोज खोपको लागि २९५ रुपैयाँ तोकेको कम्पनीले ५५ लाख डोज खरिद गर्दा सरकारलाई २०६ भारुमा खोप उपलब्ध गराएको छ ।

    कोरोना खोप कत्तिको सुरक्षित छ ?

    भारतमा कोरोना खोपलाई अनुमति दिनको लागि हतार गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । कोभिशिल्ड खोपको प्रभावकारिता अन्य मुलुकमा पनि परीक्षण भइसकेकाले यसमा मानिसहरुको विश्वास देखिए

    पनि कोभ्याक्सिनको विषयमा भने मानिसहरुले आशंका व्यक्त गर्दै आएका छन् । यो खोपको अहिले अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

    यद्यपि सरकारले भने यो खोप पनि सुरक्षित र प्रभावकारी रहेको दाबी गर्दै आएको । तर, यसको प्रभावकारिताको विषयमा भने कुनै जानकारी दिइएको छैन ।

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार