एजेन्सी : कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ ।७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दिल्लीमा मात्रै ३ जना अस्पताल भर्ना गरिएकोमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । मृतकमध्ये एकजना ५२ वर्षीय युवक छन् । उनलाई १६ तारिखमा खोप लगाइएकोमा १७ तारिखमा मृत्यु भएको थियो । यस्तै अर्का ४३ वर्षीय व्यक्तिलाई पनि १६ तारिखमा खोप लगाइएकोमा १८ तारिखमा मृत्यु भएको हो ।
मन्त्रालयले यी दुवै मृत्युको कारण खोप नभएको जानकारी दिएको छ । भारतको स्वास्थ्य मन्त्रालय अनुसार उनीहरुको मृत्यु खोपका कारण नभएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म खोप लगाएका ३ लाख ८१ हजारमध्ये ५ सय ८० जनामा प्रतिकुल असर देखिएको छ ।
भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभ्याक्सिन र भारतमा नै तयार पारिएको कोभिसिल्ड गरी दुई किसिमका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।