नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार

नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार

  • पौष २९, २०७७ बुधवार
  • ०८:३५:०६ बजे
  • 3.6K
    SHARES
  • नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार

    काठमाडौं : रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

    अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन ९२ करोड ५० लाख० डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

    केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया

    लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई

    खोप उपलब्ध गराउन लागिपरेको छ ।नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ।

    सम्बन्धित समाचार