अस्ट्रेलियाको घरेलु मैदानमा भारतले जित्यो टेष्ट सिरिज 

अस्ट्रेलियाको घरेलु मैदानमा भारतले जित्यो टेष्ट सिरिज 

  • माघ ६, २०७७ मंगलवार
  • १९:३३:०९ बजे
  • 4.2K
    SHARES
  • अस्ट्रेलियाको घरेलु मैदानमा भारतले जित्यो टेष्ट सिरिज 

    चौथौ टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धको टेष्ट सिरिज २—१ ले जितेको छ ।

    पहिलो टेष्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो सेट भारतले जितेको थियो । यस्तै तेस्रो सेट बराबरी भएको थियो ।


    चौथो टेष्टमा ३२८ रनको लक्ष्य पछ्याएको भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।

    ४र० बाट अन्तिम दिनको खेल अघि बढाएको भारतका लागि शुभमन गिल चेतेश्वर पुजारा र रिषव पन्तले अर्धशतक प्रहार गरे ।

    गिलले ९१ रन बनाउँदा पुजाराले ५६ रन जोडे । पन्त ८९ रनमा अविजित रहे ।

    अस्ट्रेलियाका लागि प्याट कमिङ्सले ४ तथा नाथन लियोनले २ विकेट लिए ।

    मुख्य बलरहरु जसप्रित बुमराह, रवि आश्वविन, मोहम्मद शामी लगायत नहुँदा पनि नयाँ बलरहरुले भारतको लागि राम्रो प्रदर्शन गरे ।

    पहिलो इनिङ्समा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९४ रन बनाउँदै भारतलाई ३२८ रनको लक्ष्य दिएको हो । रिषव पन्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

    यस्तै अस्ट्रेलियाका प्याट कमिङ्स प्लेअर अफ दि सिरिज घोषित भए ।

    बोर्डर गावास्कर सिरिज जितेपछि भारत आईसीसी टेष्ट वरीयतामा दोस्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया तेस्रो स्थानमा झरेको छ ।

    सम्बन्धित समाचार