काँग्रेस क्षेत्र नम्बर २ बागलुङको महाधिवेसन तयारी बैठक सम्पन्न

काँग्रेस क्षेत्र नम्बर २ बागलुङको महाधिवेसन तयारी बैठक सम्पन्न

  • कार्तिक ३०, २०७८ मंगलवार
  • २०:२८:०५ बजे
  • 2.4K
    SHARES
  • काँग्रेस क्षेत्र नम्बर २ बागलुङको महाधिवेसन तयारी बैठक सम्पन्न

    बागलुङ :
    नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको छ ।

    वडा र पालिकाको महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा आगामी मंसिर ३ गते प्रदेश सभा ६ गते क्षेत्र र १० गते जिल्ला तहको महाधिवेशन हुने तयारी भइरहँदा  बागलुङ जिल्लामा महाधिवेशनको तयारी तीव्र बढेको पाइएको छ । महाधिवेशनमा उम्मेदवार आकाक्षा गरेका आकाँक्षीले क्षेत्रीय प्रतिनिधीसँगको भेटघाटलाई तीव्रता दिँदै आफुलाई उमेदवार बनाउन अपिल गर्दै आइरहेका छन ।

    क्षेत्र नं. २ को बुर्तिबाङ क्षेत्रमा समेत महाधिवेशनको माहोल बढ्दै गएको छ ।

    महाधिवेशनलाई सफल पार्न त्यसको पूर्व सन्ध्यामा क्षेत्र नं. २ बागलुङको तयारी बैठक बुर्तिबाङमा मंगलबार सम्पन्न भएको हो ।
     आगामी मँसिर ३ गते हुने प्रदेश सभा र ६ गते हुने क्षेत्रीय महाधिवेशनको तयारीका निम्ति क्षेत्रीय समितिको आयोजनामा तयारी बैठक सम्पन्न भएको हो ।

    क्षेत्रीय सभापति दोर्ण कुमार कुवँरको अध्यक्षतामा आयोजित तयारी बैठकमा नेता कार्यकर्ता तथा आकांक्षी उमेद्वारको उपस्थिती रहेको थियो ।

    मर्यादित रुपमा महाधिवेशन सफल पार्ने उद्देश्य सहित विविध विषयमा छलफल भएको छ ।  उता महाधिवेशन नजिकिँदै गर्दा प्रदेश सभातर्फ सभापति पदका आकाँक्षी बढ्दै गएका छन । हालसम्म क्षेत्र नं. २ प्रदेश सभा ख बागलुङमा खगेन्द्रमान पुन , दिपेन्द्र श्रेष्ठ, मेशलाल शर्माको नाम सभापति पदमा चर्चामा आएको छ ।

    उनीहरुले आफु प्रदेश सभा सभापति पदको आकाँक्षी रहेको बताउँदै आएका छन । 

    त्यसैगरी क्षेत्र नं. २ बागलुङको क्षेत्रीय सभापतीको पदका निम्ती हालसम्म तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, नेपाली काँग्रेस ढोरपाटन ९ का निवर्तमान सभापति गोपी पुन मगर र प्रदेश सभापति नरजँग घर्तीको नाम चर्चामा रहेको छ ।

    सचिव सहसचिव लगायत महाधिवेशन प्रतिनिधी पदमा समेत आकाँक्षी बढ्दै गएका छन ।  

     

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # क्षेत्र नम्बर २ बागलुङ
  • # महाधिवेसन

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार