विकासले गति लिँदै

बुर्तिबाङ–बोङगादोभान जोड्ने पुल निर्माण

बुर्तिबाङ–बोङगादोभान जोड्ने पुल निर्माण

  • मंसिर २३, २०७८ बिहिवार
  • २१:४७:४३ बजे
  • 3.4K
    SHARES
  • बुर्तिबाङ–बोङगादोभान जोड्ने पुल निर्माण

    बुर्तिबाङ : बुर्तिबाङदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान जोड्ने मोटरेवल पुल निर्माण भएसँगै सञ्चालनमा आएको छ । गत वर्ष मंसिर महिनादेखि निर्माण सुरु भएको मोटरेवल फुल एक वर्षमा निर्माण सम्पन्न भएको नयाँबाटो सूर्यदय जेभी कम्पनीले जनाएको छ । 

    ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमानामा रहेको भालीवाङखोला पुल निर्माण भएसँगै १२ अ‍ै महिना यातायातमा सहजता हुने स्थानीयतको भनाई छ । वर्षातको समयमा नदिमा पानीको बहाव बढ्ने भएपछि करिब ५ महिना सिधा सवारी सञ्चालन हुन नसकेको अवस्थामा अब निरन्तर सवारीका साधन चल्ने भएको हो । 
    कुल ४ करोड ४२ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले तमानखोला गाउँपालिकाको

    विकाश र समृद्धिमा समेत टेवा पु¥याउने भएको हो । एक वर्ष भित्रै निर्माण सम्पन्न गरीएको पुलबाट यातायातका साधन आवतजावत समेत सुचारु भइसकेको साईड इन्चार्ज वलराम पौडेलले बताउनुभयो । बुर्तिबाङदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलोमिटर दुरीमा रहेको छ । पुल निर्माण पछि अव २० मिनेटमै बोङगादोभान पुग्न सकिने भएको हो । 

  • सम्बन्धित विषय:

  • # तमानखोला गाउँपालिका

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार