विचार

नेपालमा ईन्जिनियरिङ शिक्षाको अवस्था

नेपालमा ईन्जिनियरिङ शिक्षाको अवस्था

  • पौष १२, २०७८ सोमवार
  • १९:१६:५९ बजे
  • 2.7K
    SHARES
  • नेपालमा ईन्जिनियरिङ शिक्षाको अवस्था

    रमेश अर्याल : ईन्जिनियरिङ शिक्षालाई प्रयोगात्मक शिक्षा अथवा इन्नोभेटिभ शिक्षा को रूपमा लिइन्छ । तर हाम्रो ईन्जिनियरिङ शिक्षा चाहिँ विशेष गरि सैद्धान्तिक रूपमा नै गराइरहेको छ। हाम्रो देशमा बन्ने ईन्जिनियरिङ सम्बन्धित कानुनमा पनि सैद्धान्तिक पद्धतिलाई नै बढवा दिएको पाइन्छ । ईन्जिनियरिङ शिक्षा लाई B.E लाई चार वर्ष , Diploma लाई तीन वर्ष, अनि T-SLC  लाई  डेढ वर्ष गरि तीन तह मा अध्ययन अध्यापन गराइरहेको छ । कुनै पनि विद्यार्थी ले T-SLC तहबाट ईन्जिनियरिङ शिक्षा तर्फ लाग्यो भने उसलाई B.E भ्याउन्जेल सम्म लगभग दस वर्ष लाग्दछ। दस वर्षको ईन्जिनियरिङ पढाई पश्चात् पनि प्रयोगात्मक हिसाबले धेरै ज्ञान को कमी हुन्छ ।

    अथवा  ईन्जिनियरिङ शिक्षा नै नलिइ निर्माण मा निरन्तर काम गरिरहेको ब्यक्तिमा बढी सीप हुन्छ । हाम्रो देशमा यी सबै विषयमा जानकारहरु नभएका पनि होइनन् । आजसम्म जतिले ईन्जिनियरिङ पढ्नु भाको छ, उहाँहरु सबैले यो समस्या भोगेर नै आउनु भएको छ। तर यो पद्धति नै गलत छ भन्ने थाहा हुँदा हुँदै पनि यसलाई प्रयोगात्मक  तिर जोड दिनुपर्नेमा अझै बढी सैद्धान्तिक ज्ञान तर्फ नै धकेली रहेको पाइन्छ । नेपाल सरकार मार्फत अझ थप लाइसेन्स प्राप्तिका लािग परिक्षा लिने कुरा अगाडी बढाइयको छ । B.E मा मात्र लगभग ६० ओटा विषय रट्टा मारेरै भए पनि पास गर्न सक्ने क्षमता  भयका विद्यार्थी का लागि लाइसेन्स को परीक्षा भनेको समयको बर्वादी मात्रै हो। यदि सिपयुक्त ईन्जिनियर उत्पादन गर्ने हो भने लाइसेन्स परिक्षा होइन ।

    रियल प्रोजेक्टमा काम सिक्नुपर्ने / गर्नुपर्ने व्यवस्था गराउ। लाइसेन्स  परीक्षा अनि लोकसेवा का परिक्षा को syllabus पढेर मात्र कुशल ईन्जिनियर बनिन्छ भन्ने भ्रममा नफसौँ । युनिभर्सिटीको पढाई पछाडी साईटमा नै गएर धेरै काम सिक्नुपर्छ भन्ने कुरा प्रष्ट हुँदा हुँदै पनि अझ बढी प्रेसर किन दिन खोजिदैछ ? भर्खरै मात्र एक कार्यक्रममा एक जना मन्त्री ज्युले नालिको ढक्कन राम्रोसँग राखिदिन अनुरोध गर्दै हुनुहुन्थ्यो ! मन्त्री ज्यु तपाई हिड्ने बाटोको निर्माण गर्दा पक्कै पनि प्राेफ्रेसर इन्जिनियर हुनुहुन्थ्यो होला। तपाइहरुले यस्तो अनुरोध गर्नु भन्दा ईन्जिनियरिङ शिक्षा को पद्धति परिवर्तन गर्न तर्फ लाग्नुस। 
            
    नेपाल ईन्जिनियरिङ एसोसिएसन NEA मार्फत पनि कुनै किसिमको पहल भएको  छैन । मानव जातिको नराम्रो पक्ष नै यो छ कि बिगतलाई सजिलैसँग भुलिदिने, तपाईहरुले भोगेको त्यो नमिठाे भोगाइलाई हजुर जस्तै हामी धेरैले भोगी राखेका छौँ । जसले गर्दा एक सक्षम इन्जिनियर बन्नका निम्ति लाग्ने समय बढ्दै गएको छ । यसबारे कस्ले सोच्ने त ? नेपाल ईन्जिनियरिङ एसोसिएसनले यस बारे किन सोच्दैन कि नेपाल ईन्जिनियरिङ एसोसिएसन पनि राजनीति गर्न कै निम्ति होर ?  सैद्धान्तिकलाई मात्र नभई प्रयोगात्मक तिर जोड दिए सबै ईन्जिनियरिङ विद्यार्थीको अनि राष्ट्रको पनि हित नै हुने थियो। कि हाम्रा आग्रजहरुको सोचाइ हामीले काम सिक्न दुख पाइयो अरुले पनि दुख नै पाउनुपर्छ भन्ने हो र ? 
               
    हाम्रो देशमा कुन तहको ईन्जिनियरिङ पद पूर्तिका निम्ति प्रयोगात्मक सीप परिक्षण गरियो ? खाली GK  अनि IQ रटेर मात्र सक्षम इन्जिनियर बनिन्छ त ? हाम्रो यो सिस्टम लाई किन परिवर्तन गर्न खोजिदैन ? मन्त्री ज्युले भन्दै हुनुहुन्थ्यो हाम्रा गाउँका सुब्बा दाइ ( मतलब ईन्जिनियरिङ शिक्षा प्राप्ति बिना नै निर्माण का काम गरिरहेका व्यक्ती ) ले जत्तीको पनि काम नगर्नुहुदो रहेछ, हो मन्त्री ज्यु उहाँले प्रयोगात्मक ज्ञान लिनु भएको छ र हामीले सैद्धान्तिक फरक यहि हो प्रयोगात्मक र सैद्धान्तिकमा  ।  पढाउने सैद्धान्तिक अनि आश राख्ने प्रयोगात्मक ज्ञान को ? कोही पनि भ्रममा नपरौ कि हामीले युनिभर्सिटीबाट प्रयोगात्मक या हामीले गर्नु पर्ने काम सिकेर आयका हुन्छौं ! काम त हामी साईट मै गयर सिक्ने हो। 
                      
    प्रयोगात्मक ज्ञानको कुरा गरिरहदा सैद्धान्तिक ज्ञानको आवश्यकता नभएको होइन कि प्रयोगात्मक लाई पनि सैद्धान्तिक का साथ साथै लैजानु पर्छ भनेको हो । हामी इन्जिनियरहरु कतिपय कामका बारेमा सैद्धान्तिक रुपमा पोक्त भएता पनि रियलमा तेहि काम गर्न सकिरहेका हुदैनौ। यसर्थ ईन्जिनियरिङ विद्यार्थीलाई दक्ष बनाउनका निम्ति प्रयोगात्मक गतिविधि अगाडी बढाउन अत्यावश्यक छ।


    रमेश अर्याल

    उहाँले बागलुङ पोस्ट डटकमका लागि नियमित लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार