राेशन थापा मगर
रुनुहोस्, कराउनुहोस्‚ न्याय पाइँदैन
बिन्ती बिसाउनुहोस्‚ न्याय पाइँदैन ।
हत्यारा‚ बलात्कारी नै शासक भएपछि
कठघरामा उभ्याउनुहोस्‚ न्याय पाइँदैन ॥
बचाउन भित्र–भित्रै यस्ता करार भए
निर्दोश जेलमा, अपराधी उद्धार भए ।
थाहा पाउँथ्यौ सरकार पीडा के हो भन्ने
जब तिम्रा चेलीबेटी पनि बलात्कार भए ॥