काेराेना कहर

बागलुङमा एकै दिन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० जनामा काेराेना संक्रमण

बागलुङमा एकै दिन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० जनामा काेराेना संक्रमण

  • माघ २, २०७८ आइतवार
  • १९:३२:०४ बजे
  • 3.5K
    SHARES
  • बागलुङमा  एकै दिन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० जनामा काेराेना संक्रमण
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना संक्रमण ह्वातै बढेको छ । पछिल्लो २४ घण्टाको अवधीमा बागलुङमा मात्रै ४० जनामा संक्रमण पुष्टी भएको छ ।  आइतबार मात्रै जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुषाल, २ स्वास्थ्यकर्मी, दुई पत्रकार सहित ४० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कारोना  स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए ।

    योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ । पिसिआर प्रविधि मार्फत एक र एन्टिजेन्टबाट ३९ जनाको कोरोना पुष्टी भएको हो । जिल्लामा अधिकाँश कोरोना संक्रमितहरुलाई रुखाखोकी र ज्वरो देखिएको छ ।जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भिडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए। 

    कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टी भइसकेपछि बागलुङमा उच्च सर्तकता समेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेहरुका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी

    प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए । स्वास्थ्य कार्यालयबाट स्वास्थ्य सचेतना दिने, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउने लगायतका कार्यमामा स्वास्थ्य कार्यालय जुटेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार