कोरोनाको ग्राफ निरन्तर उकालो, एकैदिनमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

कोरोनाको ग्राफ निरन्तर उकालो, एकैदिनमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

  • माघ ५, २०७८ बुधवार
  • १८:०३:०० बजे
  • 4.2K
    SHARES
  • कोरोनाको ग्राफ निरन्तर उकालो, एकैदिनमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस –कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

    पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • # –संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार