तमानखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न 

तमानखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न 

  • माघ २९, २०७८ शनिवार
  • १९:२२:०४ बजे
  • 3.4K
    SHARES
  • तमानखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न 

    बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८÷८९ को माघ मसान्तसम्म भएका विकास निमार्ण  एवं्म सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । तमानखोला गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो ढोरपाटनको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

     गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकले स्थानीय तहको निर्वाचनपछि तमानखोला गाउँपालिकाले गरिरहेको सेवा प्रवाह र विकास निर्माणको सन्दर्भमा प्रसंसा व्यक्त गर्दे समृद्ध तमान बनाउने अभियानमा नागरिक, बौद्धिक वर्गसंग थप समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । स्थानीय कार्यक्रममा सहभागिको तर्फबाट नारायण सुनार, वलबहादुर छन्त्याल, देवबहादुर पुन, प्रेम बहादुर रोका मगर, निर्मलादेवी विश्वकर्मा , होम्नीसरा वि.क. लगायतले आफनो धारणा राखेका थिए । 

    सहभागीले  बोङगादोभान बजार व्यवस्थापन बजार क्षेत्रमा सडक निर्माण, ढल निकास, तथाट टवन्धको उचित व्यवस्थापन हुन जरुरी रहेको, गाउँपालिकाले लिएको बाल विवाह न्युनिकरण, तथा लैँगिक हिँसा, सचेतना मुलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने, सडक निर्माण गर्दा वस्तीमा बाढी पहिरोका जोखिम रहेका कारण स्थानीयसंग समन्वय गरी सडक निर्माण गर्नुपर्ने, कृषि, पर्यटन, र उत्पादन मुलक क्षेत्रमा थप कार्यक्रम ल्याउनुपर्ने माग तथा सुझाव व्यक्त गरेका थिए । 

    कार्यक्रममा सहभागीको तर्फदेखि आएका सुझाव, गुनासो र प्रतिकृयाको सम्वन्धित शाखाको तर्फदेखि कर्मचारी, गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष मानशरी शेरचन, प्रमुख प्रशासकिय अधिकृत विकास लम्साल, स्वास्थ्य शाखा संयोजक तिल बहादुर छन्त्यालले प्रस्ट पारेका थिए । कार्यक्रम सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डेको सञ्चालमा सम्पन्न भएको हो । 

  • सम्बन्धित विषय:

  • # तमानखोला
  • # सार्वजनिक सुनुवाई

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार