४० औं मगर दिवस

पहिचानको आन्दोलन सकिएको छैन—बुढा (फोटो फिचर सहित)

पहिचानको आन्दोलन सकिएको छैन—बुढा (फोटो फिचर सहित)

  • फाल्गुण १५, २०७८ आइतवार
  • २०:३४:१७ बजे
  • 3.7K
    SHARES
  • पहिचानको आन्दोलन सकिएको छैन—बुढा (फोटो फिचर सहित)

    बागलुङ : नेपाल मगर संघका केन्द्रीय सदस्य जोकलाल बुढा मगरले पहिचानको आन्दोलन अझै बाँकी रहेको बताएका छन् । ४० औं मगर दिवस अर्थात मगर संघको ४० स्थापना दिवसको सन्दर्भमा नेपाल मगर संघ बागलुङ नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै बुढाले जातिय पहिचान र अधिकार प्राप्तीको आन्दोलन अझै पूरा भैनसकेको बताए ।

    magar  (1).jpg

    तमानखोला गाउँपालिकाको अध्यक्ष समेत रहेका बुढाले नेपालको संविधान २०७२ ले आफुहरुको माग केही सम्बोधन गरे पनि धेरै विषयहरु अझै बाँकी रहेको बताए । ‘हिजोको दिनमा राज्यबाट नियोजित रुपमा पछाडि पारिएका जाति समुदायको पहिचानको आन्दोलन अझै सकिएको छैन,’ उनले भने,‘हाम्रो निरन्तर संघर्षबाट केही कुराहरु पूरा भएका छन् भने अझै धेरै विषयहरु पूरा हुन बाँकी छन् ।’ बुढाले संविधानमा लेखिएका कुराहरु कार्यान्वयन गराउँदै थप अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्ने बताए । ‘हामीहरु संगठित रुपमा अगाडि बढ्दै गर्दा केही विषयहरु संविधानमा उल्लेख भएका छन् तर त्यसको कार्यान्वयन पक्ष झन् फितलो छ,’ उनी भन्छन्,‘संविधान भएका विषयहरु कार्यान्वयन गराउने र नभएका विषयहरुमा निरन्तर संघर्ष जरुरी छ ।’ 

    magar  (2).jpg

    धर्म निरपेक्षता समावेशीता विषयहरु केही सम्बोधन भए पनि पूर्ण नभएको उनको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल  मगर संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवं बागलुङ जिल्ला अध्यक्ष गणेशबहादुर थापा मगरले मगर जाति हक अधिकारका लागि सबै संगठित भएर लाग्नुपर्ने बताए ।

    ‘हाम्रा केही अधिकारहरु त हामीले पाएका छौं, धेरै पाउन बाँकी छ,’ उनले भने,‘त्यसका लागि सबै संगठित भएर लाग्नुपर्छ ।’ उनले मगर दिवसको अवसरमा मात्र नभई अन्य समयमा पनि मगर समुदाय आफ्नो अधिकार प्राप्तीको क्षेत्रमा तत्पर हुनुपर्ने बताए ।

    magar  (3).jpg

     कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य तेजेन्द्र थापामगरले भाषा, धर्म र संस्कार संस्कृति लोप हुँदै गएकाले त्यसको जगेर्नाका लागि पनि पहल गर्नुपर्ने बताए । ‘हाम्रो मुख्य पहिचान भनेको हाम्रो भाषा, धर्म र संस्कार संस्कृति हो,’ उनी भन्छन्,‘त्यो नभए हामी आफ्नो बेग्लै पहिचान दिन सक्दैनौं । हाम्रो भाषा संस्कार संस्कृतिको जगेर्नाका लागि हामीले आफै लाग्नुपर्छ ।’ मगरहरु रमाईलोमा मात्रै भुल्ने गरेको आरोप लाग्दै आएकाले अब एकत्रित भएर देशका सबै क्षेत्रमा अब्बल हुनेगरी अगाडि बढ्नुपर्ने बताए । 

    magar  (4).jpg

    उनले अबको समयमा प्रतिस्पर्धाबाट अरुलाई पछि पार्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल मगर संघ बागलुङका जिल्ला सदस्य कुशुम बुढामगर, जिल्ला सल्लाहकार रेशम थापामगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष विष्णु आले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल मगर संघ नगर समिति बागलुङका अध्यक्ष हिराबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल मगर महिला संघका सचिव रिता राना पुन र सञ्चालन कार्यक्रम संयोजक मन पुनले गरेका थिए । मगर दिवसको सन्दर्भ पारेर नेपाल मगर युवा संघ बागलुङले विभीन्न प्रतियोगिता कार्यक्रमहरु आयोजना गरेको थियो । 

    magar  (5).jpg

    ती सबै कार्यक्रमहरु आईतबार सम्पन्न भएका छन् । आईतबार भएको लखन कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सुजाता एण्ड सुदर्शन कन्ट्रक्सन मल्मले जितेको छ । मल्मले गलकोट नगरपालिका—१० पाण्डवखानीलाई ३—१ को सेटमा हराउँदै उपाधि चुमेको हो । उपाधि विजेत समुहले ८१ हजार १८१ रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।  उपविजेता भएको पाण्डवखानीले ४१ हजार १४१ पुरस्कार राशि पायो । महिला भलिबलतर्फ बडिगाड गाउँपालिकाले ताराखोला गाउँपालिकालाई ३—१ को सेटमा हराउँदै उपाधि जितेको छ ।

    magar  (6).jpg

     उपाधि जितेको बडिगाडले रु ३० हजार र दोस्रो स्थानमा चित्त बुझाएको ताराखोलाले १५ हजार नगद पुरस्कार हात पारे । पाँच समुह सहभागि माध्यमिक विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा कालिका कन्या मन्दिर मावि प्रथम, अमर आदर्श दोस्रो, होलि चाइल्ड आवासीय विद्यालय तेस्रो र अमर आदर्श ए र सनराईज बोर्डिङ स्कुल सान्त्वना भएका छन् । सामूहिक लोकनृत्य प्रतियोगितामा पहिलो हुनले दश हजार, दोस्रोले पाँच हजार र तेस्रोले २५ सय पुरस्कार प्राप्त गरे । छेलो फाल्ने र घैटोफोड प्रतियोगितामा बलबहादुर आले प्रथम भए ।

    magar  (7).jpg

    छेलो फाल्ने प्रतियोगिताका विजेतालाई पाँच हजार पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक मनबहादुर पुनले बताए ।  प्रतियोगिता,कार्यक्रम सम्पन्न गर्न साढे पाँच बढि खर्च भएको आर्थिक संयोजक प्रकाश थापाले जानकारी दिए । देशविदेशमा रहेका शुभेच्छुक, व्यवसायी, सङ्घसंस्थालगायत बाट सहयोग जुटाएको उनले जानकारी दिए । नेपालमा पहिलो पटक मगरहरु संगठित भएर आफ्नो हक अधिकारका लागि आवाज उठाएको दिन हरेक वर्ष फागुन १५ लाई मगर दिवसको रुपमा मनाउने गरिन्छ ।

    magar  (8).jpg

    विगतमा मगर दिवसको दिनमा मात्रै कार्यक्रम गर्दै आएकोमा यस वर्ष मगर युवा संघले दिवसलाई विशेष बनाउने चार दिने कार्यक्रम तय गरेको हो । 

    Magar .jpg

    सम्बन्धित समाचार