विचार

आधुनिक समाज र लागु औंषध दुर्व्यसनी 

आधुनिक समाज र लागु औंषध दुर्व्यसनी 

  • फाल्गुण १९, २०७८ बिहिवार
  • १८:३१:२६ बजे
  • 8.5K
    SHARES
  • आधुनिक समाज र लागु औंषध दुर्व्यसनी 

    लागु पदार्थ कुनै पनि प्राकृतिक वा रसायनबाट निस्केको सारतत्वहरू हुन् जुन सेवन गरेपछि मानिसको केन्द्रीय स्नायुप्रणालीमा असर पर्दछ र भावना र विचारमा परिवर्तन ल्याइदिन्छ जुन पदार्थलाई लागु पदार्थ भनिन्छ । लागु पदार्थ सेवन गर्ने व्यक्ति कुनै पनि कुरामा निर्णय लिन नसक्ने निर्णय लिने क्षमतामा कमी हुने र कुनै पनि किसिमको लागु पदार्थमा निर्भर नभई बस्न नसक्ने व्यक्तिहरूलाई दुर्व्यसनी भनिन्छ । अहिले आधुनिकता तर्फ उन्मूख जिल्लाका यूवायूवतीहरु एकाततर्फ विकासको गतिमा लम्किरहेको छन् भने अर्को तर्फ लागु पदार्थ दुव्र्यसनको  कुलतमा फस्ने पनि गरेको छन् । आधुनिक समाजहरु विकासका गतिविधि, सम्भावनाको खोजी र बिविध चमत्कारहरुसँगै समस्याहरुका चपेटामा पनि पर्दै गइरहेका छन् । यी समस्याहरु मध्ये लागु पदार्थ दुव्र्यसनीको समस्या अहिले विश्वभरमा मात्र नभई नेपालमा पनि गभ्भिर बन्दै आएको छ । लागु पदार्थ वा लागु औषध प्रावृmतिक रसायनहरुबाट निस्केका पदार्थहरू हुन् । 

    यस्ता पदार्थहरूको सेवनबाट मानिसको केन्द्रिय स्नायुप्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारी मानिसका भावना, सोचाइ, चिन्तन र विचारमा उत्तेजना ल्याई जीवनमा सकारात्मक एंवम नकारात्मक परिवर्तन ल्याउने गर्दछ, त्यस्ता पदार्थलाई लागु पदार्थ भनिन्छ । लागु पदार्थले मानिसको केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन र विचारमा उत्तेजना ल्याइदिन्छ । अहिले युवायुवतीहरु जानजानी वा साथीभाइहरुको संगत, करकाप र दवावमा परी लागू पदार्थको दुव्र्यसनीमा फस्र्दै आएका छन् । यसरी यूवापुस्ताहरु दुव्र्यसनीको चपेटामा फस्दै जानुले उनीहरुको स्वस्थ्यमा मात्र नभई देशको समग्र विकासमा समेत समस्याहरु थपिदै आएका छन् ।  यसरी लागू पदार्थको दुव्र्यसनीको संख्या दिनहुँ बढ्दै जानुले सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका विविध पक्षमा प्रभाव परिरहेको छ । आजका यूवा भोलिका देशका खम्बा, राष्ट्र« निमार्णका संवाहक हुन् । कुनै पनि देशको सर्बाङ्गिण विकास यूवाहरुको संरक्षण, सर्वद्धन, सही मार्ग निर्देशन र परिचालन बिना सम्भव हुदैन । तथापि वर्तमान देशको अवस्थालाई विश्लेषण गर्दा युवा युवतीहरुलाई पूर्ण रुपमा सद्र्मागमा हिडाउन सकिएको देखिदैन् । अहिले यूवाहरु विभिन्न सामाजिक, विकृति, विसङ्ति र दुव्र्यशनीको कुलतमा फसिरहेका छन् । ती कुलत मध्ये लागु पदार्थको दुव्र्यसनी एक प्रमुख समस्या बनेको छ । यस्ता दुव्र्यसनीबाट येवा जमातलाई बचाई राख्नु हामी सबैको साझा दायित्व एंव कर्तव्य हुन्छ । त्यसको लागि युवा जमातलाई सुसंगतमा ल्याई समुन्नत नेपालको मूल धारमा यूवा शतिmलाई प्रयोग गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

    लागु पदार्थ दुव्र्यसन  अहिलेको जल्दो बल्दो समस्या हो । लागु पदार्थको प्रयोग कहिले र कहाँबाट सुरु भयो भन्ने विषयमा यर्थाथ तथ्याड्ढ  नभए तापनि परापूर्व काल देखि जोगी, सन्यासी, साधु महात्माका वmुटी, मन्दिर, शिवालय आदि ठाउँमा गाजा तान्नेहरू देखिन्थे । फागु तथा शिवरात्रीमा शिवको प्रसादको रुपमा गाजा भागो प्रयोग गर्ने प्रचलन पहिलेदेखि अहिलेसम्म कायमै छ । तर आधुनिक शिव पार्वतीको अहिले भने बर्षेभरि शिवरात्री मनाउनेक्रम कायमै छ  । यस्ता दुव्र्यसनीबाट युवा युवतीहरुलाई बचाई राख्न वर्तमान अवस्थामा नकरात्मक असरहरूका बारेमा जनचेतना पैmलाउने, दुव्र्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा कुलतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि विभिन्न निकायहरूबाट नीति तथा कार्यक्रमहरू  सञ्चालन गर्दै आएको पनि पाइन्छ । यसरी काम गर्ने निकायहरूमा सरकारी, अर्धसरकारी,राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरू रहेका छन् । र पनि संस्थाहरूका प्रयासहरु अपेक्षितरुपमा फलदायी हुन सकेका छैनन् । 

    जसका कारणहरुमा आफ्ना छोराछोरीहरु कुलतमा फसेको तुरुन्त थाहा नपाउनु, फसिसकेपछि पनि इज्जत, प्रतिष्ठाका आदिका कारण गुपचुप पारेर राख्नु रहेका छन् । यसले गर्दा लागु पदार्थ दुव्र्यसनीको संख्या  बाहिरीतथ्याड्ढमा कम रहे पनि भित्रि रुपमा यसको समस्या दिनहुँ भयानक बन्दै गएको छ । लागूऔषध तस्करले विश्वमा बार्षिक एक खर्ब अमेरिकी डलर बराबरको कोकिन र हेरोइन विक्री गर्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिबन्धित लागूपदार्थको ओसारपसार तथा खपतसम्बन्धी अपराध प्रतिवदन अनुसार विश्वभर कोकिन र हेरोइन खपत एक खर्ब अमेरिकी डलरभन्दा बढीको हुने गरेको छ । विश्वभर हेरोइन सेवन गर्ने दुव्र्यसनी २ करोड भन्दा बढी रहेको अनुमान छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार नेपाल र भारतसहित एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्वीलगायत मुलुकबाट ८० देखि ९० अर्ब डलरको कोकिन र १५ देखि २० अर्ब डलर बराबरको हेरोइन बरामद हुने गरेको छ । संयुक्त राष्ट्रसंघको तथ्याड्ढ जस्तै नेपाल पनि लागुपदार्थको दुव्र्यसनबाट टाढा छैन । विदेशीले समेत नेपाललाई लागु पदार्थ ओसारपसारको केन्द्र बनाउदै आएको छन् ।

    नेपालमा कुल जनसंख्याको ६० प्रतिशत नागरिकले मादक पदार्थ सेवन गर्ने गरेको र त्यसको संख्या दिन प्रतिदिन बढिरहेको छ । कुलल जनसंख्याको लागु औषध तथा जाँड रक्सी खाने १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत रहेका छन् । प्रत्येक वर्ष १४ प्रतिशतले दुव्र्यसनीको संख्या बढ्ने गरेको छ । ६० प्रतिशत मध्ये ४५ प्रतिशतले राष्ट्रिय कम्पनी र घरमा निर्मित रक्सी र बाँकी १५ प्रतिशतले बहुराष्ट्रिय कम्पनीद्धारा उत्पादित मादक पदार्थ सेवन गर्दछन् । लागु पदार्थ दुव्र्यसनीका कारण ३३.५ प्रतिशत बालबालिकाले मानसिक पीडा भोगी रहेका छन् भने २८.५ प्रतिशतले अपमान र दुव्र्यवहार हुनु परेको छ । लागु पदार्थ दुव्र्यसनले विश्वमा  नराम्ररी जरा गाडेको छ । विश्वको तथ्यांकलाई हेर्दा लागु पदार्थ दुव्र्यसनी दिन प्रतिदिन बढ्दो रहेको छ । लागु पदार्थ दुव्र्यसनीले विश्वलाई नै चुनौतिको रुपमा देखिको छ । लागु पदार्थ दुव्र्यसनले गर्दा मृत्यु हुनेको संख्या पनि बढि रहेको छ । यसरी तथ्याङ्कलाई हेर्दा महिलाको तुलनामा पुरुषको संख्या अधिक रहेको छ । 

    एसियामा सबै भन्दा बढी लागु पदार्थ दुव्र्यसनी रहेका देखिएको छ । नेपालमा पनि लागु पदार्थ दुव्र्यसनले नराम्रो प्रभाव पारेको छ । नेपाल जस्तो गरिव र विकाशोन्मुख देशको लागि यो चुनौतिको विषय हो जसले गर्दा घर, गाँउ, शहर, समाजमा लुटपाट, चोरी, डकैती, बलात्कारका घटनाहरु बढी देखिएको छन् । नेपालमा लागु पदार्थ दुव्र्यसनीहरु दिन प्रतिदिन बढि रहेका छन् । नेपालमा लागु पदार्थ दुव्र्यसनीहरुमा मानसिक,तथा प्राण घातक एच. आई. भी.÷एड्स, हेपाटाइटिस जस्ता रोगहरु देखिने गरेको सर्वेक्षणले देखाएको छ ।  नेपालमा सबै भन्दा बढी दुव्र्यसनी काठमाडौंमा रहेका छन् । माथिको परिभाषा अनुसार लागु पदार्थ यस्तो पदार्थ हो जसको सही प्रयोगले खास अवस्थाका बिरामीहरूलाई औषधिको रुपमा प्रयोग गर्दा फाइदा गर्दछ तर यसको गलत प्रयोगले शारीरिक, मानसिक, आर्थिक, सामाजिक रुपमा नकरात्मक असर पार्दछ । लागु पदार्थ दुव्र्यसनमा महिलाहरुको संख्या न्यून रहेको देखिएको छ ।

    यसका कारणहरु  
    किशोर किशोरीले परिवार, अभिभावक, बाबुआमाबाट उचित हेरचार, माया र ममता, आत्मियता, हार्दिकता नपाउनु, परिवारका सदस्य नै लागू औषध प्रयोगकर्ता हुनु , घरपरिवारमा लगातार झै–झगडा, कुटपिट, घृणाको व्यवहार हुनु , घरपरिवारबाट छोराछोरीको उचित निगरानी नहुनु ,बढी पुल्पुल्याउने, गलत साथीहरुको संगत हुनु, लहैलहैमा लाग्नु, देखासिकी गर्नु, लागू औषध चाख्ने उत्सुकता हुनु, गलत साथीहरुको संगत र दवाव हुनु, अत्याधिक तनाव निराशा, बैराग्यता हुनु, सचेतनाको कमी हुनु, मोजमस्ती गर्ने चाहना हुनु, परम्परागत अन्धविश्वास हुनु, पश्चिमी संस्कृतिको अनुकरण हुनु, शिक्षाबाट बञ्चित, सहीर गलतलाई छुट्याउन नसक्नु, बेरोजगारीको समस्या, नकारात्मक सोच, घरमा बाबु आमा नहुनु, घर परिवारमा कसैको निगरानी नहुनु, पारिवारिक वातावरण, परिवारमा झै झगडा, बाबु आमाले छोरा छोरीले गलत गर्दा गालि गर्नु, बाबु आमाको माया ममता नपाउँनु, घर परिवारबाट पैसाको निगरानी नहुनु, घर परिवारको आर्थिक स्थिति, कौतुहलताले गर्दा, नयाँ तथा पुरानो पीडिको सोचाईमा फरक हुँदा सानो वmुरामा मन मुटाब भईदिमागमा मनोवैज्ञानिक असर पर्नु, बाबुआमाको माया, ममताघरपरिवारमा अति आवश्यक हुन्छ । 

    बाबुआमाको माया, ममता नपाउँदा वा बढी माया दिए पनि छोराछोरीहरु कुलतमा लाग्दछन् । कार्यमा असफल र निराश हुनु, दुव्र्यसनमा लागेका  साथीभाइको दबाब र संगतले गर्दा, सौख आनन्दले गर्दा पनि दुव्र्यसनको शिकारहुने, सामाजिक असर परिवारमा तनाव, झैझगडा, बेमेल, पारिवारिक विचलन, विखण्डन, सम्बन्ध विच्छेद, बेरोजगारीको समस्या नेपालमा व्यापक छ जसले गर्दा मानिसहरु समाज केही नगरीकन घुमीरहेको पाइन्छ खाली दिमाग सैतानको घर भने झै उनिहरु नकारात्मक सोचका साथ अगाडी बढन थाल्दछन् विभिन्न खालका कुलतमा लाग्ने गर्दछन् । घर परिवारको आर्थिक स्थिति, कौतुहलताले गर्दा अरुले लागुपदार्थ सेवन गरेको देखि आपैm अनुभव गरी हेर्ने उत्सुक्ताले गर्दा शुरुमा १—२ पटक सेवन गर्दछन् र पछि बानी पर्नु आदि रहेका छन । 

    लागु औषधको दुर्व्यसनीबाट हुने प्रभावहरु
    बिमारीलाई शल्यक्रियापश्चात् पीडानाशक औषधी प्रयोग गरिन्छ । यसैगरी बिरक्तिएका, दुव्र्यसनी, मानसिक असन्तुलन भएकालाई चिकित्सकहरूले एन्टि डिप्रेसेन्ट औषधीहरू प्रयोग गरेर उपचार गर्छन् । सेवनकर्ताको शारीरिक र मानसिक पक्षमा स्फूर्त बनाइदिन्छ, लाज हटाइदिने, नाचगान गर्न, भयरहित हुन केही सकरात्मक प्रभाव भएपनि लागु औषधीहरू प्रयोगका धेरै नकरात्मक असरहरु रहेका छन् । लागु औषधको व्यापारबाट आर्जित धनराशि गलत कार्यहरूमा भएको, दुरुपयोग हुने, मानव मान्यतालाई अवमूल्यन गराउने। मुलुकको राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने, युवा समूहलाई लागू औषधको लतमा फसाएर राष्ट्रको जनस्रोतलाई विनाश गर्ने, लागू औषधको अर्थोपार्जन विश्वव्यापी संगठित आपराधिक सञ्जाल विस्तार गर्ने, विधिको शासनमा दवाब, आतंकवाद, सत्ता परिवर्तन गर्न, भ्रष्टाचार संस्कार, आपराधिक घटनामा वृद्धि गर्ने, राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय राजनीतिक प्रभुत्व कायम गर्ने गतिविधिमा प्रयोग हुने, लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाउने, स्थानीय र अन्तर्रा्ष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, 

    अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने, राष्ट्रको युवा शक्तिको स्रोत तहसनहस हुनु, अवैध तस्करी, बिक्रीवितरण, सेवन स्थानहरू, डिस्को, डान्सबारहरूमा भइरहेको निगरानी, नियन्त्रण कारबाहीलाई थप प्रभावकारी नहुनु, गन्तव्य र उडान गर्न लागेको एयरपोर्टमा खतरा महसुस हुनु, उत्तेजनात्मक लागू औषध सेवनले सेवनकर्ताको रक्तचाप उच्च, मष्तिष्क र कानको सेलमा क्षति गर्ने, मानसिक उन्माद, आत्महत्या गर्ने, हृदयघात हुने, कलेजो, मिर्गौला र फोक्सोको स्वास–प्रश्वासमा समस्या हुने, पौष्टिकताको कमी हुने, पुरुषमा इम्पोटेन्सी भएर बच्चा जन्माउन अक्षम हुनु, सेवनकर्ताको व्यवहारमा आक्रमक भई अप्रिय घटना हुने, एम्फेटामिन दुव्र्यसन गर्ने बाबु, आमाबाट जन्मने बालक जन्मँदै दुव्र्यसन सिकारको पीडित, सुस्त मनस्थिति रोगहरूबाट ग्रसित हुने, लागू औषध बढी परिमाण ( ओभर डोज) मा सेवन भएर मृत्यु हुन सक्ने, यौन व्यवसायीहरूले औषधी प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरेर प्राणघातक रोगहरू सर्नु, सामाजिक असर परिवारमा तनाव, झैझगडा, बेमेल, पारिवारिक विचलन, विखण्डन, सम्बन्ध विच्छेदसम्म हुन सक्ने, भ्रष्टाचार र ब्यविचार बढ्ने , 

    चोर्ने, धम्काउने, लुट्ने ,काममा अनियमितता हुने, समाजबाट टाढा हँदै जाने ,समाजिक अपराधमा संलग्नता बढ्ने, समाज तथा आफन्तबाट छिःछिः र दुरदुरको पात्र बन्न सक्ने, आर्थिक असर व्यय बढ्ने रोजगारीको अवसर गुम्ने गरिवी बढ्ने, उत्पादकत्व तथा उद्यमशीलतामा ह्रास आउने, कार्यस्थलको वातावरण बिथोलिने, स्वास्थ्यमा असर आफनास्वास्थ्यको ख्याल नगर्ने, शारीरिक तथा मानसिक रुपमा असक्षम हुँदै जाने, विभिन्न घटना र दुर्घटनामा परी घाइते हुने, मुटु, कलेजो, फोक्सो, मृगौला तथा मस्तिस्कमा नराम्रो असर पर्न गई क्यान्सर, अल्सर, उच्च रक्त्तचाप, डिप्रेसन, स्मरणशक्तिमा ह्रास आउने जस्ता समस्या देखिने, एचआइभी एडस, हेपाटाइटिस तथा यौनजन्य रोगको संक्रमण बढ्न सक्ने,अकालमा मृत्यु हुनसक्ने, हत्या र आत्महत्यासम्म गर्न सक्ने, शान्ति सुरक्षा तथा कानूनको पालनामा असर कानूनको अवज्ञा गर्ने,अराजकता तथा गुण्डागर्दी गर्ने । झै–झगडा, कुटपिट तथा हत्यामा समेत संलग्न हुन सक्ने, चोरी गर्ने,घरेलु हिंसा गर्ने, लागू औषधको कारोबारमा संलग्न हुनसक्ने, लागू औषधको दूव्र्यसनले व्यक्ति, परिवार, समाज र मुलुकलाई नै हानी गर्ने हुँदा यसको रोकथामको लागि नेपाल सरकार विभिन्न संघ/संस्था र समुदायतहबाट देहाय बमोजिम प्रयास भइरहेको छ ।

    लागू औषधको नियन्त्रणमा भोग्नु परेका समस्याहरु 
    बढ्दो लागू पदार्थ साथ साथै दुव्र्यसनीहरुको संख्या पनि बढ्दो रहनु । विपन्न तथा सिमान्तकृत भन्दा पनि धनीमानी व्यक्तिहरुको छोराछोरीहरुको संख्या सेवनकर्तामा उल्लेख्य रहनु । रुढीवादी, परम्परागत सोचाईको कारण मदिरा नियन्त्रण एवम् नियमन हुन नसक्नु । लागू औषधको प्रयोग र मदिराजन्य पदार्थको सेवन तथा अत्याधिक तनावको कारण आत्महत्याको संख्या बढ्नु । लागू औषध र मदिराको कारण विभिन्न अपराध एवं हिंसा बढ्नु । खुला सिमानाको कारण सहज किसिमबाट लागू औषध प्रयोग, ओसारपसार र त्यसको पृष्ठभूमिमा विभिन्न खाले आपराधिक घटनाहरु बढ्नु । लागू औषध तथा मदिराको कारण समुदायमा घरझगडा, सम्बन्ध विच्छेद, भष्ट्राचार, दुर्घटना, सामाजिक अपराध र व्यभिचार बढ्दै जानु । लागू औषध तथा मदिराजन्य पदार्थहरुको ओसारपसारमा बालबालिकाहरुको प्रयोग हुनुको साथै विद्यालय र क्याम्पस पढ्ने उमेरका बालबालिकाहरु कुलतमा लाग्न सुरु हुनु । लागू औषध तथा मदिरा नियन्त्रणको क्षेत्रमा कार्य गर्न निकायहरु बीच आवश्यक समन्वय हुन नसक्नु । लागू पदार्थ प्रयोगकर्ताहरु सबै खाले संक्रमणको साथसाथै यौनजन्य रोगहरु एचआइभी र हेपाटाइटिसको संक्रमण हुनु आदि रहेका छन । 

    लागू औषधको सेवनलाई न्यूनिकरण गर्ने उपायहरु  
    लागू औषध अपराध निषेध र नियन्त्रण एवम् नियमनको क्षेत्रमा कार्यरत निकायको नक्साङ्कन गर्ने । जिल्ला तथा स्थानीय तह स्तरीय अनुगमन संयन्त्रको निर्माण गर्ने । स्थानीय तहहरुमा नै यसको न्यूनीकरणको लागि स्थायी संयन्त्र बनाउने । सार्वजनिक पद धारण गरेका व्यक्ति, जनप्रतिनिधि, तथा राजनैतिक दलका लागि लागू औषध अपराध निषेध विशेष अभियानका लागि प्रतिवद्धता तथा आचारसहिंता तयार गरी कार्यान्वयनमा ल्याउने ।  सुचना संकलनको लागि टोल फ्री नम्बरको व्यवस्था गर्ने । लागू औषध सेवनकर्ताको सुधार गर्नका लागि सुधार गृह संचालन गर्न सहजीकरण गर्ने र सुधार गृहको समय समयमा अनुगमन गर्ने । विपन्न तथा सिमान्तकृत खास गरी महिलाहरुको सुरक्षामा पहुँच अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने । घरेलु मदिरा नियन्त्रण तथा गाँजा नियन्त्रणको लागि विशेष अभियान संचालन गर्ने । लागू औषध अपराध निषेध र नियन्त्रण एवम् नियमन सम्बन्धी सामुदायिक संरचनाको व्यक्तिहरु तथा प्रहरीहरुलाई तालिम प्रदान गर्ने । लागू औषध अपराध प्रयोगकर्ता र मदिरा सेवनबाट प्रभावितहरुलाई मनोविमर्श सहयोग तथा मनोशिक्षा प्रदान गर्ने ।

    होटल र रेष्टुरेन्टहरुमा हालैको दिनहरुमा प्रयोग हुँदै आएको हुक्का तान्ने बहानमा हुने लागू पदार्थको सेवनलाई कडाईको साथ निगरानी गर्ने । होटलहरुको आचारसहिंता तयार गरी अनुगमन तथा निगरानी अभियान संचालन गर्ने । लागू औषध अपराध निषेध र मदिरा नियन्त्रण एवम् नियमन सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्तै : सडकनाटक, अन्तरक्रिया, अभिमुखीकरण, विद्यालय र क्याम्पस उमेरका बालबालिकाहरु सचेतना कार्यक्रम छलफल गर्ने । लागू औषध अपराधीको खोजतलास, अनुसन्धान र नियन्त्रणको विशेष कारवाहीको लागि अभियान संचालन गर्ने । सिमानाकाहरुमा लागू औषध दूव्र्यसनीहरुको नियमित र छड्के निरीक्षण गरी दुव्र्यसन नियन्त्रण गर्ने । लागू औषध अपराध निषेध र मदिरा नियन्त्रण एवम् नियमन सम्बन्धी कानूनी शिविरहरु संचालन गर्ने । लागू औषध अपराध निषेध र मदिरा नियन्त्रण एवम् नियमन सम्बन्धी रेडियोबाट सन्देश प्रसारण, होर्डिङ्ग वोर्ड, भित्ते लेखन, पर्चा, पम्पप्लेट मार्फत प्रचार प्रसार गर्ने । लागू औषध ओसार पसार तथा बिक्री वितरण नियन्त्रणको लागि ऋयगलतभच एबचतक सँग निरन्तर समन्वय र अन्तरक्रिया गर्ने ।

    सडक बालबालिकाको दुव्र्यसन तथा कारोबारमा पहुँच नियन्त्रण गर्ने । औषधी पसलहरुबाट डाक्टरको सिफारिसमा मात्र औषधी वितरणको व्यवस्था गर्न लगाउन सकेमा सुधार गर्न सकिन्छ । परिवारमा बाबु—आमा बिचको झै–झगडा, माया ममताको अभाव, मानसिक तनाव, पारिवारिक बैमनस्थता, असमानता आदि त्यागेर मिलनसार साथीको भावनाबाट अगाडि बढनुपर्ने देखिन्छ । यसरी लागुपदार्थ दुव्र्यसनका कारण व्यक्तिगत जीवनमा मात्र नभई परिवार, समाज र सिंगो राष्ट्रलाई नै गम्भिर असर पारेको छ । चोरी, हत्या, बलात्कार ठगी र गुण्डागर्दी जस्ता अपाराधिक कार्यलाई बढवा दिएको छ । परिवार, समाज र राष्ट्रका सम्पूर्ण विकासको मार्गमा अवरोध पु¥याएको छ । त्यसैले देश र समाजलाई विनास तिर डो¥याउने लागुपदार्थको दुव्र्यसनलाई नियन्त्रण गरी दुव्र्यसन मुक्त परिवार, समाज र राष्ट्रका निर्माण गर्नु आजको गहन आवश्यकता हो । पारिवारिक परामर्श, पारिवारिक भेटघाट, मनोवैज्ञानिक क्रियाकलाप, सामाजिक कार्यहरूमा सहभागी,उपचाररत सदस्य डिस्चार्जहुँदा परिवारको सदस्य, परामर्शदाता तथा उपचाररत सदस्यहरूको सामूहिक उपस्थितिमा नशा रहित जीवन बिताउने प्रतिबद्धता  राज्यको एक्लो प्रयासबाट मात्र्रै कठीन छ ।

    यसका लागि सरकारी तथा गैरसरकारी पक्ष, नागरिक समाज, निजी क्षेत्र, विज्ञ एव प्रयोगकर्ता तथा अन्तर्राष्ट्रिय विकास साझदोरहरुको संयुक्त सहकार्यको पनि त्यत्तिकै खाँचोपर्छ । यही मान्यताका आधारमा माथि उल्लेखित पक्षहरु वीच  पटक पटक छलफल ,कार्यशाला गोष्ठी तथा परामर्शमा गृह मन्त्रालयबाट सघन रुपमा परिष्कृत गरी यो रणनीति तयार पारिएको हो । अतः लागु औषध नियन्त्रण राष्ट्रिय नीतिमा लक्षित उद्देश्यहरु यसका रणनीतिको कार्यान्वयनबाट पूरा हुने अपेक्षा गरिएको छ । लागु औषधको प्रयोगबाट जोखिममा परेका समूहहरुको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कायक्रम सञ्चालन गरी लागुपदार्थको माग घटाउने अभियानलाई प्रभावकारी बनाउनु जरुरी छ । लागु औषध प्रयोगकर्ताको क्षति न्यूनीकरणका लागि पनि समुदायमा आधारित विभिन्न सरकारी, गैर सरकारी सस्ंथाहरुसँग मिलेर कार्यक्रमहरु सञ्चालन गर्नु समेत उत्तिकै आवश्यक छ । खास गरी लागु औषधका जाेखिममा परेका महिला तथा युवाहरुलाई लक्षित गरी उपचार तथा पुनस्थापनाका सघन कार्यक्रमहरु गर्न सकिएमा मात्र लागु आष्ौधको जाेिखम घटाउ उल्लेख्य सहयोग पुग्ने देखिन्छ । 


    सराेजराज पन्त

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार