धम्जा र रायडाँडामा काँग्रेसको जनतासंग काँग्रेस अभियान 

धम्जा र रायडाँडामा काँग्रेसको जनतासंग काँग्रेस अभियान 

  • फाल्गुण २३, २०७८ सोमवार
  • २०:२५:१५ बजे
  • 2.5K
    SHARES
  • धम्जा र रायडाँडामा काँग्रेसको जनतासंग काँग्रेस अभियान 

    बागलुङ : नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियानले यतिबेला गाउँगाउँमा काँग्रेस जनलाई सक्रियता बनाएको छ । अभियान अन्तरगत सोमबार बागलुङ नगरपालिका–११ रायडाँडा र काठेखोला गाउँपालिका–३ धम्जामा संचालन भएको छ ।

    रायडाँडाको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति दिपेन्द्र बहादुर थापाले जनता सँग नेपाली काँग्रेस अभियानले गाउँ गाउँमा काँग्रेस कार्यकर्ता थप जागरुक भएको बताए । उनले आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई जिताउनका निम्ती जनतामा छुट्टै उत्साह छाएको बताए । थापाले हरेक विकासका काम काँग्रेसको नेतृत्वले गर्न सक्ने हुँदा स्थानिय तहको नेतृत्व पनि काँग्रेसले गर्न जरुरी रहेको बताए । 

    थापाले स्थानिय तहमा पछिल्ला दिनमा मौलाएको भ्रष्टचारको अन्त्यका लागि पनि अबको नेतृत्व काँग्रेसको हुनुपर्ने बताए । 
    कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष युवा नेता बसन्त कुमार श्रेष्ठले काँग्रेसले हरेक जनताको मर्म अनुसार काम गर्ने बताए । उनले हरेक वडा वडा र टोल टोलमा काँग्रेसको मुद्धा लगेर सिंगो समाज नै काँग्रेस मय बनाउनका लागि नै यस्तै अभियान संचालन गरिएको बताए । 

    कार्यक्रममा स्थानिय कार्यकर्ताले गाउँमा भएका समस्या र काँग्रेसले अब कस्तो रणनिति बनाउने भन्ने विषयमा धारणा राखेका थिए । यस क्षेत्रमा भएका समस्यालाई कसरी समाधान गर्ने विषयमा बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रष्ट पारेका थिए । 

    कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, आमन्त्रीत प्रदेश सदस्य धुव्रराज गौतम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल,महाधिवेन प्रतिनिधि नारायण शर्मा पौडेल प्रदेश (क) का सभापति हरिबहादुर जिसी सन्तोष, प्रदेश महाधिवेशन प्रतिनिधि भुमिश्वर गौतम, बागलुङ नगरपालिकाका उपसभापति नारायण पौडेल लगायतले अबको निर्वाचनमा सवै एक भएर लाग्नुपर्ने धारणा राखेका थिए ।  अभियानको उद्देश्यका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य जगन्नाथ आचार्यले प्रष्ट पारेका थिए । 

    कार्यक्रम रायडाँडाका सभापति थम बहादुर थापाको अध्यक्षता उपाध्यक्ष भुमिराज आचार्यको स्वागत र क्षेत्रीय प्रतिनिधि मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो । 

    जनता सँग नेपाली काँग्रेस सोमबार नै जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा पनि सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सह–सचिव ज्ञानकुमारी शर्मा श्रीषले मुलुकको विकास निम्ती नेपाली काँग्रेस नै पहिलो पार्टी भएको बताईन । उनले गाउँ टोलको विकासका निम्ती आगामी स्थानिय तहका निर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताईन । 

    कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य भुवानी प्रसाद कंडेल, महाधिवेश प्रतिनिध राजु थापा, जिल्ला सदस्य श्रीधर कंडेल, लक्षुमायाँ पुन, नरमायाँ थापा, पुर्व जिल्ला सचिव चित्र बहादुर कार्की, पुर्व क्षेत्रीय सभापति होमबहादुर हमाल, काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, प्रदेश महाधिवेशन प्रतिनिधि प्रकाश राना, काठेखोला गाउँपालिकाका पुर्व सभापति ज्ञामनाथ कंडेल, भुपु सैनिक संघका जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारी लगायतले बोलेका थिए । 

    कार्यक्रमको विषयबस्तु र उद्देश्यको बारेमा काँग्रेसका जिल्ला सदस्य एवं कार्यक्रम संयोजक गोविन्द्र प्रसाद कंडेलले प्रष्ट पारेका थिए भने कार्यक्रमको सहजीकरण प्रदेश महाधिवेन प्रतिनिधि नरेश कंडेलले गरेका थिए । 

    कार्यक्रममा धम्जाका स्थानिय आफ्ना समस्या र विचारहरु राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस धम्जाका सभापति दिपेन्द्र रानाको अध्यक्षता, उपसभापति नगेन्द्र भण्डारीको स्वागत र काँग्रेस काठेखोला गाउँपालिका सदस्य टेकबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । 

     

    सम्बन्धित समाचार