प्रथम गलकोट मेयर कप भलिबलको मन्त्री मेखलाल श्रेष्ठबाट उद्घाटन

प्रथम गलकोट मेयर कप भलिबलको मन्त्री मेखलाल श्रेष्ठबाट उद्घाटन

  • फाल्गुण २४, २०७८ मंगलवार
  • २०:३६:२६ बजे
  • 4.7K
    SHARES
  • प्रथम गलकोट मेयर कप भलिबलको मन्त्री मेखलाल श्रेष्ठबाट उद्घाटन

    घनश्याम गौतम

    बागलुङ :गलकोटमा प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता र विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै  गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले खेलकुदको माध्यबाट पर्यटन प्रवद्र्धन हुने बताए ।

    ‘खेलकुद महत्वपूर्ण पक्ष हो,’ मन्त्री श्रेष्ठले भने,‘खेलकुदका नियम परिधी र सिद्धान्तले खेललाई तथा खेलाडिलाई अनुशासित बनाउँदछ ।’ अनुशासित र मर्यादित रुपमा खेल प्रदर्शन गर्ने खेलाडिको व्यवहारले समाजलाई सकारात्मक बाटो दिने उनको भनाई थियो । गण्डकी प्रदेशमा आफु शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भित्रका विषयवस्तुहरु समाधान गर्न आफु सधै प्रतिबद्ध रहेको बताए । उनले समाज रुपान्तरणका लागि शिक्षाले सहि बाटो दिने बताए ।

    शिक्षाको माध्यमबाट विकृति विसङ्गति अन्त्य गर्दै अनुशासित समाज निर्माण गर्न सबै नागरिक गोलवद्ध हुनुपर्ने उनको भनाई छ । शिक्षालाई समयअनुसार परिमार्जन गर्नुपर्ने बताउँदै वर्तमान शिक्षालाई परिवर्तन गरी समय र आवश्यकता अनुसारको शिक्षाको व्यवस्थापन गर्न सके आउँदा सन्ततिले वैदेशिक यात्रामा नजानुपर्ने उल्लेख गरे । 

    कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकालाई खेलकुदको माध्यमबाट विकास गर्ने योजना नगरपालिकाले बनाएको बताए । उनले खेलकुदको संस्थागत विकासका लागि राष्ट्रिय महिला भलिवल प्रतियोगिता समेत केहि समय अगाडि सम्पन्न गरेको बताउँदै खेलकुदलाई व्यवस्थित र संस्थागत गर्न नीति कार्यक्रममै समावेश गरी बजेटको व्यवस्था गरिएको बताए । 

    उनले गलकोटका खेलाडिहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउँदा गलकोट क्षेत्रको गरीमा वृद्धि भएको बताउँदै राष्ट्रिय स्तरमा जुनकुनै खेलमा सहभागी खेलाडिलाई सम्मान गर्ने उल्लेख गरे । ‘गलकोट नगरपालिका खेलकुदका लागि मैदान हो,’ नगरप्रमुख गैरेले भने,‘खेलकुदको प्रवद्र्धन तथा अनुशासित खेलाडि उत्पादनको लागि गलकोट नगरपालिका सदैव तत्पर रहेको छ ।’  

    कार्यक्रममा गलकोट नगरपालिका सामाजिक विकास समिति संयोजक हिमबहादुर भण्डारी हेमन्त, जिल्ला खेलकुद विकास समिति अध्यक्ष कुमार खड्का, जिल्ला भलिबल संघका अध्यक्ष याम श्रीस, नेपाल कम्युनिष्ट पार्टि एमाले गण्डकी प्रदेश सदस्य बाबुराम नेपाली, नेपाली कांग्रेस गलकोट नगरसभापति विरजंग भण्डारी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर अध्यक्ष तिलक उप्रेति, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसी, नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष हरी चालिसे एविसी, पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद ढकाल, प्याव्सन गलकोटका अध्यक्ष वीर वहादुर बोहोरा क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    कार्यक्रम गलकोट नगर खेलकुद विकास समितिका अध्यक्ष योगेश भण्डारीको अध्यक्षता, गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाको स्वागत तथा गलकोट नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनु सिंजालीको सञ्चालनमा सम्पन्न भएको थियो । मंगलबार भएको विद्यालय स्तरिय छात्र भलिबल प्रतियोगिताबाट गलकोट माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, एरा मदरल्याण्ड बोर्डिङ स्कुल र न्यु लाईफ बोर्डिङ स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् ।

    विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगितामा गलकोट माध्यमिक विद्यालय र पाण्डवखानी माध्यमिक विद्यालय फाईनलमा प्रवेश गरेका छन् । मेयर कप भलिबलमा गलकोट नगरपालिका र शुक्ला गण्डकी नगरपालिका बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । 
    विद्यालय स्तरीय १ सय मिटर दौड प्रतियोगितामा गलकोट माध्यमिक विद्यालयका पूजा पाईजा प्रथम, सरस्वति माध्यमिक विद्यालयका देवी दर्जी द्वितिय र महेन्द्र माध्यमिक विद्यालयका अप्सरा खत्री तृतिय भएका छन् ।

    छात्रतर्फ जनजागृति माध्यमिक विद्यालयका देविन्द्र दर्जी प्रथम, न्यु लाईफ बेर्डिङ स्कुलका रोहन भण्डारी द्वितीय र गोल्डेन फ्युचर बोर्डिङ स्कुलका सागर साहनी तृतिय भएका छन् । छात्रा रिले दौड प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय प्रथम, गलकोट माध्यमिक विद्यालय द्वितीय र पाण्डवखानी माध्यमिक विद्यालय तृतिय भएका छन् । छात्रतर्फ गलकोट माध्यमिक विद्यालय प्रथम, पाण्डवखानी माध्यमिक विद्यालय द्वितीय र जनजागृति माध्यमिक विद्यालय तृतिय भएका छन् । 

    २ सय मिटर दौड प्रतियोगितामा छात्रातर्फ गलकोट माध्यमिक विद्यालयका विनिता नेपाली प्रथम, पाण्डवखानी माध्यमिक विद्यालकाय दिपिका घर्ती द्वितीय र खरुवा माध्यमिक विद्यालयका पवित्रा भण्डारी तृतिय भएका छन् । त्यस्तै छात्रतर्फ गलकोट माध्यमिक विद्यालयका सन्दिप सहानि प्रथम, न्यू लाईफ वोर्डिङ स्कुलका प्रकाश अधिकारी द्वितीय र पाण्डवखानी माध्यमिक विद्यालयका कमल विक तृतिय भएका छन् । 

    त्रिपल जम्प प्रतियोगितामा छात्रातर्फ गोल्डेन फ्युचर बोर्डिङ स्कुलका सन्ध्या खड्का प्रथम, गलकोट माध्यमिक विद्यालयका समिक्षा परियार द्वितीय र न्यू लाईफ बोर्डिङ स्कुलका नविना खत्री तृतिय भएका छन् । छात्रतर्फ गलकोट माध्यमिक विद्यालयका नर बहादुर दर्जी प्रथम, न्यू लाईफ बोर्डिङ स्कुलका विशाल परियार द्वितीय र चौराहा माध्यमिक विद्यालयका विशाल सुनार तृतीय भएका छन् ।  

     

    सम्बन्धित समाचार