प्रथम गलकोट मेयरकप भलिबलको उपाधिका लागि निसीखोला र सुक्लागण्डकीबीच प्रतिस्पर्धा हुने 

प्रथम गलकोट मेयरकप भलिबलको उपाधिका लागि निसीखोला र सुक्लागण्डकीबीच प्रतिस्पर्धा हुने 

  • फाल्गुण २६, २०७८ बिहिवार
  • १९:४७:४८ बजे
  • 6.3K
    SHARES
  • प्रथम गलकोट मेयरकप भलिबलको उपाधिका लागि निसीखोला र सुक्लागण्डकीबीच प्रतिस्पर्धा हुने 

    बागलुङ : निसीखोला गाउँपालिका र सुक्लागण्डकी  नगरपालिका प्रथम गलकोट मेयरकप भलिबलको फाईनलमा प्रवेश गरेका छन् ।

    बिहीबार गलकोटमा सम्पन्न सेमिफाइनलमा खेलमा निसीखोला गाउँपालिकाले गलकोट नगरपालिका र सुक्ललागण्डकी नगरपालिकाले ढोरपाटन नगरपालिकालाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेमिफाईनल खेलमा सुक्लागण्डकीले ढोरपाटनलाई ३—१ सेटले पराजित ग¥यो । दोस्रो सेमिफाईनलमा निसीखोला गाउँपालिकाले आयोजक गलकोट नगरपालिकालाई ३—२ सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षबाट दुई दुई सेट जितेपछि अन्तिम सेट १५ मा फाईनल खेल्ने टोलीको निधो भएको हो ।

    फाईनल खेल शुक्रबार दिउँसो १ बजे निसीखोला गाउँपालिका र सुक्लागण्डकी नगरपालिका बीच हुनेछ । प्रतियोगितामा ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, सत्यवती गाउँपालिका सहित ८ समुहको सहभागिता रहेको थियो ।

    प्रथम मेयरकप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख र मेयरकप, द्वितिय हुने समुहले  ७५ हजार र सान्त्वना हुने दुई समुहले २५÷२५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले १० हजार, विधागत रुपमा उत्कृष्ट हुने सर्भर, स्पाईकर, सेटर, ब्लकर, डिफेन्डर र टिम कोचलाई जनही ५ हजार प्रदान गर्ने गलकोट नगर खेलकुद विकास समितिका अध्यक्ष योगश भण्डारीले बताए ।  

    शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको छात्र भलिबल प्रतियोगिताको पनि फाईनल खेल हुँदैछ । 

     

    सम्बन्धित समाचार