बागलुङ : स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले पार्टीको उम्मेदवार छनोट गर्न थालेका छन् । गठबन्धनको विषयमा सिट भागवन्डाको टुंगो नलाग्दा उम्मेदवारको टुंगो नलागे पनि पार्टीको आन्तरिक बैठकहरुमा उम्मेदवार बन्न दाबी गर्नेको संख्या निकै धेरै छ ।
जिल्लाको बडिगाड गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष बन्नका लागि ९ जनाले दाबी गरेका छन् । काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदका लागि जिल्ला सदस्य अर्जुन खरेल, हाल गाउँपालिका उपाध्यक्ष एवं नेपाली काँग्रेस प्रदेश महाधिवेसन प्रतिनिधि अमरबहादुर श्रीस, पूर्व महाधिवेसन प्रतिनिधि कृष्णबहादुर केसी, जिल्ला सदस्य कृष्णबहादुर घिमिरे, जिल्ला सचिव गण्डकी थापा अधिकारी, महाधिवेसन प्रतिनिधि तिलबहादुर अधिकारी, काँग्रेस बडिगाड गाउँपालिका उसभापति तेजबहादुर पाईजा, जिल्ला सदस्य माया केसी र बडिगाड—६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले दाबी गरेका छन् ।
उनीहरुले पार्टीको आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदका लागि भने प्रदेश महाधिवेसन प्रतिनिधि नरबहादुर पर्तेल र पूर्व महाधिवेसन प्रतिनिधि यामेन्द्र घर्तीले पार्टीमा उम्मेदवारी दाबी गरेका छन् ।
