रोशन थापा मगर : आज अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्वमा रहेका सबै श्रमिकहरुलाई जीवनमा आएका समस्याको समाधान गर्ने क्षमता मिलोस । आफ्नो र आफ्नो परिवारप्रतिको गहन जिम्मेवार दाहित्व पुरा गर्ने क्षमता कार्य कुसलतामा विकास होस् भन्ने कामना छ । विश्वका समाचारहरु, विचारहरु १ मिनेटमा संसार भरि छरिदै गर्दा सोच र विचार संकीर्ण हुदै गएको छ । विश्वका मजदुर एक हौ भन्ने नारामा समर्पित भावनालाई स्वार्थी नेताका कारण साँघुरो भएको आभास हुन्छ । कम्युनिस्ट सिद्धान्तमा वर्ग समाजको परिकल्पना हुन्छ । तर जात–जति धर्म, लिङ्गको विभेद हुदैन भन्ने मान्यता राख्दछ । आज कम्युनिस्टको सिद्धन्तमा धमिरा लागेको छ ।
जीवनमा आउने हरेक समस्याका समाधान गर्नका लागि समाज, राज्यको अहम भूमिका रहेको हुन्छ । राज्यबाट संचालन भएका योजनाबाट मुलुकको आर्थिक विकास कुन दिशामा अघि बढ्दै छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । राज्य संचालन गर्ने संकल्प गरि जनताका ब्यालेटबाट होस् वा बुलेटबाट होस् सत्तासिन लिडरहरु आज सीमित सुकिला मान्छेका घेरामा बाधिएका छन् । कठिन मेहनत गर्दासम्म आफुले चाहेको अनुसारको एक छाक खान लाई सोच्नु पर्ने अवस्था छ भने पारिवारिक दायित्वको कुरा लाई नियालेर हेर्ने हो भन्ने मजदुरको पारिबारिक जिबन जोखिममा परेको अवस्थाछ । दैनिक जीवनयापन गर्न कठिनाई परेको अवस्थालाई राष्ट्रले सम्बोधन गर्न नसकेको अवस्था छ । ‘मजबुरीको अर्को नाम मजदुर हो’ । देशको मेरुदण्ड भनेको नै मजदुर हो भने मजदुर नै उपहासको पात्र बनेका छन् । मजदुर वर्ग भनेको सधै अभाबमा जिउने अभाबमा नै मर्नु पर्छ भन्ने सोच कहाँ बाट आएको हो । समाजमा सबै वर्ग समान रुपमा बाँच्न पाउने अधिकारलाई राज्यको कानुनले समेट्न किन सक्दैन ।
मजदुरको ब्यालेटबाट सत्तासिन नेता मजदुरको आवश्कता पुरा गर्न किन तयार हुँदैनन् ? मानव अधिकारको बारेमा अरबौँ खर्च हुने गर्छ । विभिन्न समयमा मजदुरका हक–हितका लागि राष्ट्रबाट सम्बोधन गरिन्छ तर पनि समस्याहरुको पहिचान हुन सक्दैन किन ? पूँजीवादी राष्ट्रहरु होस् वा कम्युनिस्ट राज्यहरु मजदुरहरु संकटको भुमरीमा पिसिएको छ । पूँजीवादी राष्ट्रका मजदुरहरु कम्पनीबाट शोसित छन् भने कम्युनिस्ट देशमा राष्ट्रबाट पीडित छ । कम्पनीका मालिकहरु आम्दानी मिलियन डलर हुन्छ तर मजदुरको आर्थिक अवस्था माथि उठ्नु पर्छ भन्ने आवाज आउन साथ मूल्य वृद्धि हुने बहाना बाजी गरिन्छ ।
मजदुरको आय आर्जन वृद्धि भएमा स्वतः वस्तुहरुको विक्रीमा वृद्धि हुन्छ यो अर्थशास्त्रको सिद्धान्त हो । संसारमा मानिस दिनदिनै स्वार्थी बन्दै छ । मै खाउँ मै लाउँ । मेरो हैसियतमा कोहि पुग्न नसकोस मेरो हरेक कार्यले समाजमा असर गरोस, राष्ट्र वा नेताहरु मेरापछि रहुन भन्ने गलत सोचबाट आज मजदुर गरिबीमा बाच्नु परेको छ । मेरो मित्रहरुको अनि विश्वका मजदुरहरुमा अपूर्णतामा सम्पूर्णता होस् । हरेक वर्षमा उसको र परिवारको प्रगति होस् ! जय नेपाल !