काँग्रेस नेतृ कुँवरद्वारा आफ्नो उम्मेदवारी फिर्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपिल

काँग्रेस नेतृ कुँवरद्वारा आफ्नो उम्मेदवारी फिर्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपिल

  • बैशाख २१, २०७९ बुधवार
  • ०८:१७:०९ बजे
  • 3.9K
    SHARES
  • काँग्रेस नेतृ कुँवरद्वारा आफ्नो उम्मेदवारी फिर्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपिल

    बागलुङ : नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि राधिका कुँवरले आफ्नो उम्मेदवारी फिर्ता गरेको बताएकी छन । मंगलबार एक विज्ञप्ती जारी गर्दै कुँवरले बागलुङ नगरपालिका– १३ को महिला वडा सदस्यको स्वतन्त्र उम्मेदवारी फिर्ता गरेर पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेकी छन ।  

    कुँवरले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाई जिताउनका निम्ती आफुले स्वतन्त्र उम्मेदारी फिर्ता लिएका बताएकी छन । उनले बागलुङ नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ, उपप्रमुखका उम्मेदवार राजु खड्का, बानपा १३ का वडा अध्यक्षका उम्मेदवार नारायण शर्मा पौडेल सहित वडा सदस्यका उम्मेदवारलाई विजयी गराउनका निम्ती आफुले उम्मेदवारी फिर्ता लिएको बताएकी छन । ‘म आफु नेपाली काँग्रेसको अनुशासित कार्यकर्ताको हैसियतले मेरो आफ्नो राजनितिक यात्रालाई निरन्तरता दिन म आवद्ध दलका नेता कार्यकर्ताको अनुुरोधमा मेरो उम्मेदवारी फिर्ता गरेकी छु ।

    विज्ञप्तीमा कुँवरले भनेकी छन,–‘गठबन्धनको मर्मलाई आत्मसाथ गर्दै मैले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन लाग्ने छु । आगामी दिनमा नेपाली काँग्रेसको कार्यर्ताको मर्म र आवश्यकताकालाई बुझेर निर्णय गरी महिला दिदिबहीनीहरुको सहभागितालाई सुनिश्चिता गराउनेमा मेरो पार्टी लाग्ने छ भन्ने विश्वास व्यक्त गरेकी छु ।’ उनले सवै महिला दिदिबहिनी दाजुभाईलाई निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नका निम्ती अपिल समेत गरेकी छ । कुँवरले निर्वाचन आयोगको चुनावी कार्यक्रम अनुसार फिर्ता गर्ने समयमा नगरे पनि कुनै विज्ञप्ती मार्फत आम मतदातालाई गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेकी छन ।

    सम्बन्धित समाचार