निसीखोला—१ मा काँग्रेसका चन्द्रसिंह राम्जाली विजयी 

निसीखोला—१ मा काँग्रेसका चन्द्रसिंह राम्जाली विजयी 

  • बैशाख ३१, २०७९ शनिवार
  • १७:४३:२८ बजे
  • 3.3K
    SHARES
  • निसीखोला—१ मा काँग्रेसका चन्द्रसिंह राम्जाली विजयी 

    बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका—१ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय  गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चन्द्रसिंह राम्जाली विजयी भएका हुन् ।

    उनले नेकपा एमालेका थमबहादुर घर्तीलार्य जम्मा ३७ मत अन्तरले पराजित गरे । रामजालीले ६५५ मत प्राप्त गरका छन् भने घर्ती मगरले ६१८ मत ल्याएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती मगरले ६३३ र एमालेका भूमिराज घर्ती मगरले ५४७ मत प्राप्त गरेका छन् । राप्रपाका कृष्णबहादुर मल्लले ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती मगरले ५९२ र एमालेकी भटुकुमारी चन्दको ५६१ र राप्रपाकी शान्ताकुमारी चन्दको ३२ मत प्राप्त गरेकी छिन् ।

    वडा नम्बर १ मा एमालेका पवनकुमार सिंजालीले खुल्ला सदस्यमा विजयी हुँदा अन्य सदस्य गठबन्धनका उम्मेदवारले जितेका छन् । 

     

    सम्बन्धित समाचार